गुणस्तरीय बाली उत्पादनमा जोड

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
४८ पटक हेरिएको
Shares
गुणस्तरीय बाली उत्पादनमा जोड

सारांश

  • धनगढी, २२ वैशाख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘जोन‘ र ‘सुपरजोन‘ कार्यक्रम मार्फत भइरहेका विभिन्न खेतीको उत्पादन गुणस्तरीय हुनुपर्नेमा जोड दिइएको छ ।
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार यहाँ गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले बजार र उद्योगीको माग अनुसारको खाद्यान्न खेती गर्न कृषकलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
  • जोन सुपर जोन कार्यक्रमअन्तर्गत मसिनो धान, मकै, चिउरा बनाउन गुणस्तरीय धान एंव गहुँको उत्पादन तथा यसको विस्तारमा ध्यान पु¥याउन जरुरी रहेको सुझाव उनीहरुको छ ।

धनगढी, २२ वैशाख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘जोन‘ र ‘सुपरजोन‘ कार्यक्रम मार्फत भइरहेका विभिन्न खेतीको उत्पादन गुणस्तरीय हुनुपर्नेमा जोड दिइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार यहाँ गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले बजार र उद्योगीको माग अनुसारको खाद्यान्न खेती गर्न कृषकलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

जोन सुपर जोन कार्यक्रमअन्तर्गत मसिनो धान, मकै, चिउरा बनाउन गुणस्तरीय धान एंव गहुँको उत्पादन तथा यसको विस्तारमा ध्यान पु¥याउन जरुरी रहेको सुझाव उनीहरुको छ ।

सो अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले उपभोक्ताको माग बमोजिमका खाद्यान्न प्रशोधन गरेर खाद्यका विविध परिकार बनाउने तर्फ उद्योगीको ध्यान जान सकेमा जोन र सुपर जोन कार्यक्रमले राखेको लक्ष्य पूरा हुनसक्ने बताउनुभयो ।

विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले कृषि उत्पादनसँग खाद्य प्रशोधनका उद्योगलाई कसरी जोड्न सकिन्छ भन्ने उद्देश्यले सुझाव लिन कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख सुमन धिताल, नेपाल कृषि अनुसन्धान परिषद(नार्क)का क्षेत्रीय निर्देशक केशवप्रसाद श्रेष्ठ लगायतले खाद्य प्रशोधन लगायतका विषयमाथि प्रकाश पार्नुभयो ।

प्रदेश नं ७ मा गहुँमा आधारित ९४ र धानमा आधारित ६८ वटा उद्योगले खाद्य प्रशोधन सम्बन्धी काम गरिरहेको जनाइएको छ ।

परियोजनाअन्तर्गत प्रदेश न ं७ को कैलाली जिल्लामा एक हजार २२५ हेक्टरमा गहुँको सुपर जोन, पाँच सय हेक्टरमा तेलहन जोन र पाँच सय हेक्टरमा धानको जोन तथा कञ्चनपुरमा पाँच सय हेक्टरमा धानको जोन कार्यक्रम सञ्चालनमा छन् ।

दुई वर्षअघि सञ्चालनमा आएको यो कार्यक्रम अन्तर्गत गरिने गहुँ, धान र तेलहन बालीको खेतीमा बीउ, मल र कृषियन्त्रमा ५० प्रतिशत अनुदान, साना सिँचाइ र उत्पादन उपरान्तको प्रविधिमा ८५ प्रतिशत अनुदानको सुविधा सम्बन्धित कृषकले पाउँदै आएका छन् ।

यसैबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गएको चैत महिनादेखि लागू भएको प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ कार्यान्वयन गर्ने सवालमा सरोकारवालासँग अन्तक्र्रिया समेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने
भित्री बस्त्रको प्रयोग गर्दा ध्यान दिनैपर्छ यी कुरा
भित्री बस्त्रको प्रयोग गर्दा ध्यान दिनैपर्छ यी कुरा
राप्रपा नेपाल अध्यक्ष कमल थापाले हारे, अब के होला उनको राजनिति भविश्य र मुद्दा ?
राप्रपा नेपाल अध्यक्ष कमल थापाले हारे, अब के होला उनको राजनिति भविश्य र मुद्दा ?
अखिलका अध्यक्ष महरको आरोप : गगन थापामाथि भ्रष्टाचारको आरोप छ, छानबिन हुनुपर्छ (भिडियोसहित)
अखिलका अध्यक्ष महरको आरोप : गगन थापामाथि भ्रष्टाचारको आरोप छ, छानबिन हुनुपर्छ (भिडियोसहित)
मिल्यो एमाले र माओवादीबीच मन्त्रालयको भागबण्डा : कसले के पायो ?
मिल्यो एमाले र माओवादीबीच मन्त्रालयको भागबण्डा : कसले के पायो ?
सरकारले गर्यो एकैपटक ७१ सहसचिवको सरुवा (सूचीसहित)
सरकारले गर्यो एकैपटक ७१ सहसचिवको सरुवा (सूचीसहित)
नेपाल आइडललाई राउटेको ढाका टोपी
नेपाल आइडललाई राउटेको ढाका टोपी
गरिबको झुपडीमा अर्बपतिको भोजन। ‘सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रम कसैलाई नपरोस्
गरिबको झुपडीमा अर्बपतिको भोजन। ‘सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रम कसैलाई नपरोस्
विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलिया र आयोजक भारतबीच भिडन्त हुने
विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलिया र आयोजक भारतबीच भिडन्त हुने
रोनाल्डोको ९९ औं गोलमा पोर्चुगल युरोकपमा
रोनाल्डोको ९९ औं गोलमा पोर्चुगल युरोकपमा