श्रीनिवासले आफुलाई आफै गोली हान्नुकाे रहस्य यस्ताे पाे ! पूर्वराजाको नाम पनि जाेडियाे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
४६ पटक हेरिएको
Shares
श्रीनिवासले आफुलाई आफै गोली हान्नुकाे रहस्य यस्ताे पाे ! पूर्वराजाको नाम पनि जाेडियाे

सारांश

  • काठमाडाै, २५ वैशाख ।
  • सोमवार काठमाडौंबाट पक्राउ परेका ‘धर्मगुरु आचार्य श्रीनिवास’लाई प्रहरीले ‘हातहतियार तथा खरखजना ऐन’मा म्याद थप गरी अनुसन्धान शुरु गरेको छ।
  • आफ्नै योजनामा गोली हान्न लगाएर, साम्प्रदायिक नारा भएका पर्चा राखेर त्रास फैलाएको भन्दै मोरङ प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो।

काठमाडाै, २५ वैशाख । सोमवार काठमाडौंबाट पक्राउ परेका ‘धर्मगुरु आचार्य श्रीनिवास’लाई प्रहरीले ‘हातहतियार तथा खरखजना ऐन’मा म्याद थप गरी अनुसन्धान शुरु गरेको छ।

आफ्नै योजनामा गोली हान्न लगाएर, साम्प्रदायिक नारा भएका पर्चा राखेर त्रास फैलाएको भन्दै मोरङ प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो।

श्रीनिवासलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा उपस्थित गराइसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी निशान्त थापाले जानकारी दिए।

चैत २५ गते मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह महायज्ञ लगाउन टोलीसहित पुगेका श्रीनिवासमाथि बिहान शौच गर्न जाँदा अज्ञात समूहले गोली हानेको थियो। शरीरमा दुई गोली लागेपछि विराटनगरस्थित न्यूरो अस्पतालमा उनको उपचार भएको थियो।

प्रहरीले गोली हान्ने श्रीनिवासका अंगरक्षक माधव चौधरी र लक्ष्मी अधिकारीलाई भने ज्यान मार्ने उद्योग अन्तर्गत म्याद थप गरिएको छ। श्रीनिवासकै योजनामा उनीमाथि गोली हानिएको थियो। प्रहरी हिरासतमा रहेका श्रीनिवासले भने अहिलेसम्म प्रहरीसँग मुख खोलेका छैनन्।

चौधरीले भने दुई महिना अगाडिदेखि नै घटना बारे श्रीनिवासले योजना बनाएको बयान दिएका छन्। हतियारको व्यवस्थापन गर्ने लक्ष्मीराज अधिकारीका दाजुले भारतबाट हतियार ल्याएर घरमा राखेको र त्यही हतियार प्रयोग गरेको बताएका छन्। हतियार ल्याउने अधिकरीका दाजुको भने केही समय अगाडि नै सडक दुर्घटनामा मृत्यु भइसकेको डिएसपी थापाले बताए।

२६ वर्षीय युवा धर्मगुरु सिमरा पानी ट्याङ्की भन्ने स्थानमा घर भएका श्रीनिवासलाई भेट्न केही समय अगाडि पूर्वराजा ज्ञानेन्द्र शाहसमेत पुगेका थिए। श्रोतका अनुसार हिन्दु राज्य कायम गराउन हुने आन्दोलनमा आफु जस्तो पनि सहयोग गर्न तयार रहेको ज्ञानेन्द्रले बचन दिए पछी हिरो हुन श्रीनिवासले उक्त काण्ड मच्चाएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमानस्थलबाट डेढ वर्षदेखि सुन तस्करीमा संलग्न एयरपोर्ट भन्सारका कर्मचारीसहित चारजना जेल चलान
विमानस्थलबाट डेढ वर्षदेखि सुन तस्करीमा संलग्न एयरपोर्ट भन्सारका कर्मचारीसहित चारजना जेल चलान
लामो बाटो कि बाख्रोपाठो पुख्र्यौली उखानलाई चरितार्थ गर्दै युवा
लामो बाटो कि बाख्रोपाठो पुख्र्यौली उखानलाई चरितार्थ गर्दै युवा
चेक बाउन्सको मुद्दामा काग्रेस नेता पक्राउ
चेक बाउन्सको मुद्दामा काग्रेस नेता पक्राउ
फागुन १८ गते मंगलवारको राशिफल यस्तो छ
फागुन १८ गते मंगलवारको राशिफल यस्तो छ
काठमाडौं १ बाट प्रकाशमान विजयी, रवीन्द्र मिश्र पराजित !
प्रधानमन्त्री ओली बालकोट पुगेर भने :अब अढाई वर्षपछि स्थायी रुपमा बस्नेगरि आउँछु
प्रधानमन्त्री ओली बालकोट पुगेर भने :अब अढाई वर्षपछि स्थायी रुपमा बस्नेगरि आउँछु
कांग्रेस नेत्री पाण्डेको निधन
कांग्रेस नेत्री पाण्डेको निधन
परीक्षापछि मात्रै शिक्षाका कर्मचारी समायोजित हुने
परीक्षापछि मात्रै शिक्षाका कर्मचारी समायोजित हुने
नेकपाका शीर्ष नेताहरु गुटगत छलफलमा जुटिरहेको बेला प्रचण्ड पक्षका केहि नेताहरुले भने ओलीको बचाउ गर्न थाले
नेकपाका शीर्ष नेताहरु गुटगत छलफलमा जुटिरहेको बेला प्रचण्ड पक्षका केहि नेताहरुले भने ओलीको बचाउ गर्न थाले
मुख्यमन्त्रीलाई माडीमा भव्य स्वागतः माडीका मेयरले भने, ‘जनतासगैँ आन्दोलन गर्छु’
मुख्यमन्त्रीलाई माडीमा भव्य स्वागतः माडीका मेयरले भने, ‘जनतासगैँ आन्दोलन गर्छु’