क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको परीक्षण

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको परीक्षण

सारांश

  • अमेरिकाले पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको प्रतिरक्षा गर्ने प्रणालीको सफलतापूर्वक परीक्षण गरेको छ।
  • जमिनबाट प्रहार गरिने क्षेप्यास्त्र प्रतिरोधी सो यन्त्रको क्यालिफोर्नियास्थित एउटा हवाई अखडाबाट परीक्षण गरिएको थियो।
  • र, त्यसले नमुना ब्यालेस्टिक क्षेप्यास्त्रलाई खसालिदिएको अमेरिकाको क्षेप्यास्त्र प्रतिरक्षा निकाय एमडीएले जनाएको छ।

अमेरिकाले पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको प्रतिरक्षा गर्ने प्रणालीको सफलतापूर्वक परीक्षण गरेको छ।

जमिनबाट प्रहार गरिने क्षेप्यास्त्र प्रतिरोधी सो यन्त्रको क्यालिफोर्नियास्थित एउटा हवाई अखडाबाट परीक्षण गरिएको थियो।

र, त्यसले नमुना ब्यालेस्टिक क्षेप्यास्त्रलाई खसालिदिएको अमेरिकाको क्षेप्यास्त्र प्रतिरक्षा निकाय एमडीएले जनाएको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार लामो समयदेखि उक्त परीक्षणको योजना बनाइएको थियो।

“महत्वपूर्ण कोशेढुंगा”

यद्यपि उत्तर कोरियासँग बढ्दो तनावमाझ अमेरिकाले उक्त परीक्षण गरेको छ।

क्षेप्यास्त्र प्रतिरक्षा निकायका निर्देशक जिम साइरिङले सो परीक्षणलाई “महत्वपूर्ण कोशेढुंगा” को संज्ञा दिएका छन्।

उनले भने, “हाम्रो भूमिको रक्षाका निम्ति यो प्रणाली एकदमै महत्वपूर्ण छ र यो परीक्षणले के देखाएको छ भने वास्तविक खतरालाई रोक्न हामीसँग सक्षम र विश्सनीय क्षमता छ। ”

अमेरिकामा अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको प्रतिरक्षा प्रणालीको यो पहिलो प्रत्यक्ष परीक्षण भएको बताइएको छ।

परीक्षण

मार हान्ने

एमडीएद्वारा जारी एउटा प्रेस वक्तव्यका अनुसार परीक्षण गरिएको क्षेप्यास्त्र प्रतिरोधी एयरक्राफ्टले प्रशान्त महासागरको मार्शल आइल्याण्डमा नमुना क्षेप्यास्त्रलाई हानेर खसालेको थियो।

उत्तर कोरियाले तीन हप्ताको अन्तरालमा तेस्रो क्षेप्यास्त्र परीक्षण गरेको केही दिनपछि अमेरिकाले परीक्षण गरेको छ।

उत्तर कोरियाले परीक्षण गरेको पछिल्लो क्षेप्यास्त्र ४५० किलोमिटरको यात्रा तय गरी सी अफ जापानमा खसेको थियो।

सो कदमप्रति जापानले सशक्त विरोध जनाएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?