भारतबाट ल्याइएको विद्युत हटाइन्छ: उर्जामन्त्री
सारांश
- काठमाडाै, ४ जेठ ।
- उर्जा मन्त्री बर्षमान पुनले भारतबाट ल्याइएको विद्युत हटाउने तयारी भइरहेको बताएका छन् ।
- नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको जलविद्युत विषयक अन्तरक्रियामा बोल्दै मन्त्री पुनले भारतबाट ल्याएको ४ सय ५० मेगावाट विद्युतले मुलुकलाई थप दायित्व थपेको बताए ।
काठमाडाै, ४ जेठ । उर्जा मन्त्री बर्षमान पुनले भारतबाट ल्याइएको विद्युत हटाउने तयारी भइरहेको बताएका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको जलविद्युत विषयक अन्तरक्रियामा बोल्दै मन्त्री पुनले भारतबाट ल्याएको ४ सय ५० मेगावाट विद्युतले मुलुकलाई थप दायित्व थपेको बताए । ‘त्यसलाई कटौती गर्ने सरकारको योजना रहेको छ ।’ उनले भने, ‘सरकारले मुलुकबाट पहिलो र दोस्रो लोडसेडिङको अन्त्य गरेकोले अब तेस्रो लोडसेडिङ हटाउने चुनौती थपिएको छ ।’
मुलुकमा आगामी ३ वर्षभित्रमा ३ हजार मेगावाट बिजुली पुग्ने भन्दै त्यसपछि मुलुक जलविद्युतमा आत्मनिर्भर बन्ने मन्त्री पुनको भनाई छ । ‘सार्वजनिक र निजी साझेदारीबाट करिव दुई दर्जन जलविद्युत आयोजना सम्पन्न भई विद्युत उत्पादन ३ हजार मेगावाट पुग्नेछ ।’ उनले भने, ‘५ बर्षभित्र ३ हजार मेगावाट विद्युत उत्पादन गरि भारतसँगको परनिर्भरतालाई हटाउने सरकारले योजना बनाएको छ । यस कार्यमा निजी क्षेत्रले पनि सघाउनुपर्छ ।’ हाल नेपालमा जडित क्षमता १ हजार एकसय मेगावाट पुगेको छ । सरकार, नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनीहरु तथा निजी क्षेत्रबाट लक्ष्य पुरा हुनेछ ।
कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाले उद्योगमा रहेको लोडसेडिङ हटाएको भन्दै सरकारको कदमप्रति निजी क्षेत्र खुशी रहेको बताइन् । ‘सरकारले उद्योग व्यवसायको क्षेत्रमा लगाएको ३ घण्टे लोडसेडिङलाई हटाएर स्वागतयोग्य काम गरेको छ ।’ उनले भनिन्, ‘निजी क्षेत्र जलविद्युतमा लगानी गर्न तयार रहेको छ । सरकारले सुरक्षा, पूर्बाधार लगायतका क्षेत्रमा सहयोग गर्न आवश्यक छ ।’
उर्जा मन्त्री पुनले राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना आउँदो आर्थिक वर्ष २०७५/७६ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको बताउँदै तामाकोशी आएपछि भारतसँगको परनिर्भरता टुट्ने बताए । उनले आगामी तीनबर्ष भित्र विद्युत प्राधिकरणको लगानीमा ६० मेगावाटमा माथिल्लो त्रिशुली ३ ए, १४ मेगावाटको कुलेखानी तेस्रो र २५ मेगावाटको सोलार समेत गरी ९९ मेगावाट बिजुली थप हुने बताए ।
यस्तै, प्राधिकरणअन्तर्गतका सहायक कम्पनीमार्फत १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसी र ३७ मेगावाटको त्रिशुली ३ बी आयोजना सम्पन्न हुनेछन् भने निजी क्षेत्रबाट २५ मेगावाटको कावेली बी, २० मेगावाटको मोदी, २१ मेगावाटको तल्लो हेवाखोला, २२ मेगावाटको अपर चाकु ए, ४० मेगावाटको खानीखोला, २७ मेगावाटको दोर्दीखोला, ४२ मेगावाटको मिस्त्री खोला, ५४ मेगावाटको सुपर दोर्दी–ख, २५ मेगावाटको दोर्दी–ए लगायत साना र ठुला गरी डेढ दर्जन आयोजना सम्पन्न हुनेछन् ।
चालु आर्थिक वर्षमा ढेढ दर्जन आयोजना सम्पन्न भई १९४ मेगावाट बिजुली थपिने उर्जा मन्त्रालयले जनाएको छ ।
Shamir Ghatane
goodness
Purushottam Pokharel
Very good. Tq
Durga Ojha
kam garne kalu makai khane bhalu…
Jeevan Karki
फेरि लोडसेडिङ को तालिका निक्लने भो क्यार???
उत्पादन को टुङ्गो छैन
हटाउने रे
Binod Khatiwada
Dherai raamro kaam mantri jhu
Deuraj Rai
पहिला काम अनि पछाडि कुरा
Gb Chettri
हटाउनत हटाइएला फेरित जन्ताले राको बाल्नेकी बेट्री इन्भटर खरिद गर्नेत ? ।
Chiran Chetri
नेपाल को गाकोनी
कस्ले फिर्ता लिने ??
कि तार मात्र टागेको होर
नेपाल बाट भारत मा