प्रचण्डको गृह जिल्लामा कस्ले मार्ला नेकपाको अध्यक्षमा बाजी !

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
|
३२ पटक हेरिएको
Shares
प्रचण्डको गृह जिल्लामा कस्ले मार्ला नेकपाको अध्यक्षमा बाजी !

सारांश

  • चितवन, ५ जेठ ।
  • पार्टी एकीकरणसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अस्तित्व सकिएको छ ।
  • उनीहरु दुवै पार्टी विलय भएर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका छन् ।

चितवन, ५ जेठ । पार्टी एकीकरणसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अस्तित्व सकिएको छ । उनीहरु दुवै पार्टी विलय भएर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका छन् ।

केन्द्रमा नेकपाको अध्यक्षको रुपमा दुई जना रहेको भएपनि जिल्लामा तहमा भने एक जना मात्रै अध्यक्ष रहनेछन् । पार्टी एकीकरण भयो, पुराना संरचना हराए, अब एमाले र माओवादी केन्द्र रहेन । यो सँगै आम जनसमुदायमा नयाँ प्रश्न उब्जिएको छ अब जिल्लामा जिल्ला अध्यक्ष को बन्ला ?
सबैको कौतुहता हुनु पनि जरुरी हो ।

मुलुकको ठूलो शक्तिशाली कम्युनिष्ट पार्टीको चितवन जिल्ला कसले हाँक्ला त अब ? पूर्व एमाले र माओवादी मध्ये केही नेताहरुको नामको चर्चा सुरु भएको छ नेकपा चितवनको अध्यक्षका लागि ।
पार्टी एकतासँगै चितवनको जिल्ला अध्यक्षमा जेएन (जगन्नाथ)थपलिया, कृष्णभक्त पोखरेल, ईश्वरी भट्टराई र यामबहादुर परियारको नाम चर्चामा आएका छन् । यी चार वटै व्यक्तिले पार्टीको नेतृत्व सम्हालिसकेका छन् । यी नाम मध्ये केन्द्रीय नेतासँग जसको बढी पहुँच छ उ नै नेकपा चितवनको अध्यक्ष हुने सम्भावना प्रलब देखिएको छ ।

चितवनमा जिल्ला अध्यक्ष पूर्व एमालेका नेताहरुबाट पर्ने सम्भावना बढी देखिएको छ । नेकपाका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल चितवनकै भएका कारण पनि पूर्व माओवादीबाट जिल्ला अध्यक्ष हुने सम्भावना कम देखिएको हो । यद्यपि ओलीलाई मनाउन सकेको खण्डमा भट्टराई चितवनका अध्यक्ष हुन सक्छन् । तर यो सम्भावना निकै कम देखिएको छ ।

अब नेकपा चितवनको जिल्ला हाँक्ने भनेको पूर्व एमालेका नेताहरुले नै हो । थपलिया र पोखरेल मध्ये थपलियाको पल्ला भारी हुने देखिन्छ नेकपा चितवनको नेतृत्वको लागि । नेकपाको उच्च स्रोतका अनुसार पार्टीमा सबैलाई स्थान दिनको लागि एक व्यक्ति एक पदको अवधारणा अगाडि सारिदैछ ।
कृष्णभक्त पोखरेल चितवनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने व्यक्ति हुन् । त्यस्तै उनको अर्को महत्वपूर्ण जिम्मेवारी पनि रहेको छ संघीय संसदमा ।

पोखरेल संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली मस्यौदा समितिको संयोजक समेत हुन् । त्यसकारण पनि पोखरेल अधिकांस समय केन्द्रमा व्यस्त हुनुपर्ने भएकाले जिल्लामा समय दिन नसक्ने हुँदा जिल्ला अध्यक्ष पोखरेललाई नदिने सम्भावना बलियो देखिएको छ ।

सबै कुरालाई मिलाउँदा नेकपाको जिल्ला अध्यक्ष जेएन थपलिया बन्ने सम्भावना प्रबल देखिएको छ । थपलियाले एमाले अध्यक्ष भएर जिल्लाको नेतृत्व समेत सम्हालिसकेका छन् । थपलियालाई संगठनमा बौद्धिक नेताको रुपमा समेत चिनिने गरेको र नेकपा केन्द्रीय कमिटिका अध्यक्ष ओलीका विश्वास पात्रको रुपमा समेत लिने गरिएको छ ।

थपलियाले ओली तथा दाहाल दुवै नेतालाई मनाउन सक्ने भएकाले नेकपाको जिल्ला अध्यक्ष बन्ने सम्भावना धेरै रहेको चितवनका पुराना कम्युनिष्ट नेताहरु समेत बताउँछन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Suresh Adhikari

    Dui adhaxya vaigayo

    Comment Author

    Mohan Chatri

    j.n.थपलिया।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनी प्रदेशसभा : बजेटमाथि छलफल हुन सकेन
लुम्बिनी प्रदेशसभा : बजेटमाथि छलफल हुन सकेन
कामदार ठग्ने खड्का अारजुकाे शरणमा !
कामदार ठग्ने खड्का अारजुकाे शरणमा !
अमृत प्रधान स्मृति कप शनिबारदेखि
अमृत प्रधान स्मृति कप शनिबारदेखि
सार्वजनिक भयो गायक बीरकृष्ण लावतको ‘म त होइन तिम्रो’ (भिडियोसहित)
सार्वजनिक भयो गायक बीरकृष्ण लावतको ‘म त होइन तिम्रो’ (भिडियोसहित)
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको  बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन
सन्दीपलाई यसपटक कति खर्चेला! आइपिएलमा फेरि दिल्लीबाटै खेल्ने
सन्दीपलाई यसपटक कति खर्चेला! आइपिएलमा फेरि दिल्लीबाटै खेल्ने
पोखरामा गठबन्धनबाटै मेयरमा दोस्रो बागी
पोखरामा गठबन्धनबाटै मेयरमा दोस्रो बागी
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
भ्रष्टाचार मुद्दाका अभियुक्त निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा
भ्रष्टाचार मुद्दाका अभियुक्त निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा
यो निर्वाचन पछि देउवा अब प्रधानमन्त्री त होईन, मन्त्री नै बन्नुहुन्न- हिराचन्द्र केसी
यो निर्वाचन पछि देउवा अब प्रधानमन्त्री त होईन, मन्त्री नै बन्नुहुन्न- हिराचन्द्र केसी

तपाईंले छुटाउनुभयो कि?