ट्विट्टर् पनि साइबर आक्रमणमा : अन्य प्रख्यात ‘साइट’ प्रभावित

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ६, २०७३
|
|
४०८ पटक हेरिएको
Shares
ट्विट्टर् पनि साइबर आक्रमणमा : अन्य प्रख्यात ‘साइट’ प्रभावित

सारांश

  • ट्वीटरसहितका केही प्रख्यात इन्टरनेट ‘साइट’हरु केही समयका लागि तीन वटा साइबर हमलाबाट प्रभावित भएका छन्।
  • प्रयोगकर्ताहरुले ‘अनलाइन’ आफ्नो ‘साइट’ पत्ता लगाउन सकून भन्नका लागि प्रयोग गरिने इन्टरनेट सेवा दिने डायन नामक कम्पनीमाथि साइबर हमला भएको हो।
  • ट्वीटरसहितका थुप्रै ‘साइट’ डायनका ग्राहक हुन्।

ट्वीटरसहितका केही प्रख्यात इन्टरनेट ‘साइट’हरु केही समयका लागि तीन वटा साइबर हमलाबाट प्रभावित भएका छन्।

प्रयोगकर्ताहरुले ‘अनलाइन’ आफ्नो ‘साइट’ पत्ता लगाउन सकून भन्नका लागि प्रयोग गरिने इन्टरनेट सेवा दिने डायन नामक कम्पनीमाथि साइबर हमला भएको हो।

twiitterट्वीटरसहितका थुप्रै ‘साइट’ डायनका ग्राहक हुन्।

अवरोध

ट्वीटर, रेडिट, साउण्ड क्लाउड, पे पाल, एमाजन जस्ता ‘साइट’हरु साइबर आक्रमणबाट प्रभावित भएका थिए।

यिनीहरु सबैले प्रयोगकर्ताहरुको संख्या तथा प्रवृत्तिबारे विश्लेषण गर्ने एवम् विवरण उपलब्ध गराउने डायनको सेवा लिने गरेका छन्।

पछिल्लो १२ घण्टामा आफ्नो सेवा तीनपटकसम्म अवरुद्ध भएको डायनले जनाएको छ।

अमेरिकी आन्तरिक सुरक्षा मन्त्रालय र संघीय जांच ब्युरो एफबीआइले पछिल्लो घटनाको छानविन गरिरहेको बताइएको छ।

अमेरिकी राष्ट्रपति कार्यालयका प्रवक्ता जन अर्नेस्टले भने , “मलाई थाहा छ आन्तरिक सुरक्षा मन्त्रालय, जुन हाम्रो साइबर सुरक्षाबारे सरोकार राख्ने निकाय हो, उसले परिस्थितिको अनुगमन गरिरहेको छ। उसले उक्त मामिलालाई नजिकबाट नियाल्नेछ”।

साइबर हमलामा को संलग्न छ भन्नेबारे अहिलेसम्म प्रष्ट हुन सकेको छैन।

तर विकिलिक्सले आफ्ना समर्थकहरुलाई अमेरिकी इन्टरनेट कम्पनीमाथि आक्रमण नगर्न अनुरोध गरेको छ।

विकिलिक्सको समर्थनमा भन्दै एनोनिमस नामक समूहसंग सम्बन्धित रहेको दावी गर्ने ह्याकरहरुले सन् २०१० मा पनि यस्तै खाले साइबर हमला गरेका थिए।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?