‘दुई/चार डल्ला फ्याँक्न के पाएको थियो, सन्दीप चम्कियो’: प्रधानमन्त्री ओली
सारांश
- काठमाडाै, १० जेठ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु अवसर नपाएका कारण पछाडि परेको बताएका छन्।
- बिहीबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित शैक्षिक मेलालाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले नेपाली युवाहरु अवरस पर्दान गर्न नपाएका कारण पछाडि परेको बताए।
काठमाडाै, १० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु अवसर नपाएका कारण पछाडि परेको बताएका छन्।
बिहीबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित शैक्षिक मेलालाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले नेपाली युवाहरु अवरस पर्दान गर्न नपाएका कारण पछाडि परेको बताए। उनले नेपालमा क्षमतावान युवाहरुको कम नभएको भन्दै अवसरका कारण मात्रै पछाडि परेको देखाए।
हालै आइपिएलमा खेलेर आएका युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेको उदाहरण दिँदै उनले भने, ‘दुई चार डल्ला के फ्याँक्न पाएको थियो, सन्दीप चम्कियो।’
सन्दीपले क्रिकेटमा राम्रै चमत्कार गरेको भन्दै उनले लामिछानेको खुलेरै प्रशंसा गरे। प्रधानमन्त्री ओलीले युवाहरुले आफ्नो क्षमता चिनेर त्यसै अनुरुप विकास गर्नुपर्ने बताए।
प्रधानमन्त्री ओलीले बालबालिकाले आफ्नो रुची र क्षमता अनुसारकार शिक्षा लिनुपर्ने बताए। उनले हरेक व्यक्तिमा केही न केही क्षमता हुने भन्दै कसैलाई पनि असक्षम भन्न नहुने बताए।
उनले देश विकास र समृद्धिको दिशामा अगाडि बढेको भन्दै अव प्रमाणपत्र बोकेर जागिर खोज्न हिँड्ने प्रचलनको अन्त्य हुने बताए।
मुलुकलाई चाहिने जनशक्ति उत्पादन हुने खालको र जीवनोपयोगी शिक्षा दिन सरकार कटिबद्ध रहेको पनि उनले दावी गरे। ‘अहिले हामी देश विकास गर्न कस्ता जनशक्ति चाहिन्छ भनेर छलफल गरिरहेका छौँ,’ उनले भने, ‘अब हामी मुलुकलाई चाहिने जनशक्ति मात्र उत्पादन गर्छाैँ।
ती जनशक्तिले आमाबुबाका साथै मुलुकको सपना पूरा गर्नेछन्।’
प्रधानमन्त्री ओलीले शिक्षामा हुने ब्यापारलाई नियन्त्रण गर्ने बताए। उनले भने, ‘निजी क्षेत्रले शिक्षामा गरेको लगानी र योगदानको हामी कदर गर्दछौँ, तर लगानी र योगदानका नाममा शिक्षाका माध्यमबाट लुट मच्चाउने छुट दिँदैनौँ।’
कर्ण बलायर
पागल कूरो
Meera Heju
ल त प्रधानमन्त्रीज्यु ! एकपटक त्यो डल्लो तपाइ यसो फ्याक्नुस त , हामी पनि हेरौ न तपाइको बहादुरी चम्काइ । अर्काको मेहेनतलाई मिनिमाइज नगर्नु होला ।तपाईं सिर्फ ट्यांउ ट्यांउमात्र गर्नुहुन्छ , तर त्यो केटो सन्दीपले देशको नाम चम्काएकोछ ।
Rabindra Shrestha
kuro bujdaina khukurole mutdaina vaneko yehi rahexa. … prasanga k ho padhnu xaina hawama comment haneko xa…
Tara Bhujel
Ke lekheko news bhate haru lekhe detail ma lekha
Meera Heju
त्यही भुषे दिमाग भएका पत्रकार लाई थाहा हुने रहेछ यस्ता कुराहरु । शिर्षक एउटा , लेखाइ अर्को । हामी पनि त्यस्तै , तिन्का कुरा पत्याउने ।