कलम र बोलीबाट त्रसित भएर शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्ण सेनलाई कुटी कुटी मार्यो: प्रभात चलाउने
सारांश
- हेटौडा, १३ जेठ ।
- नेपाल पत्रकार महासंघका पुर्व सचिव प्रकात चलाउनेले कृष्ण सेनलार्इ कुटि कुटि हत्या गरेकाे बताएका छन ।
- इच्छुकको १६ औं स्मृति दिवसका अवसरमा क्रान्तिकारी पत्रकार संगठन, नेपाल मकवानपुर शाखाले अायाेजना गरेकाे कार्यक्रममा चलाउनेले तत्कालिन शेर बहादुर देउवा नेतृत्वकाे सरकारले उनको कलम र बोलीबाट त्रसित भएर सेनलाई कुटी कुटी हत्या गरेको बताए ।
हेटौडा, १३ जेठ । नेपाल पत्रकार महासंघका पुर्व सचिव प्रकात चलाउनेले कृष्ण सेनलार्इ कुटि कुटि हत्या गरेकाे बताएका छन ।
इच्छुकको १६ औं स्मृति दिवसका अवसरमा क्रान्तिकारी पत्रकार संगठन, नेपाल मकवानपुर शाखाले अायाेजना गरेकाे कार्यक्रममा चलाउनेले तत्कालिन शेर बहादुर देउवा नेतृत्वकाे सरकारले उनको कलम र बोलीबाट त्रसित भएर सेनलाई कुटी कुटी हत्या गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रभात चलाउनेले कृष्ण सेन सांस्कृतिक योद्धा, लेखक, साहित्यकारका रुपमा नभई एक महान स्वप्न द्रष्टा भएको बताए । सधै साधा जीवन ब्यतित गरेका सेन शब्द र कर्मका उचित मेल भएका व्यक्तित्व भएको बताउँदै चलाउनेले सेनको जीवनबाट नेपाली पत्रकारिता र पत्रकारहरुले धेरै कुरा सिक्नुपर्ने बताए । कृष्ण सेनसँग आफ्नो सहकार्य र हिरासतमा सँगै रहेका बेलाको अनुभूति सुनाउँदै चलाउनेले सेनले आफ्नो विचार, आस्था र स्वाभिमानमा कहिल्यै पनि सम्झौता नगरेको बताए ।
इच्छुकको १६ औं स्मृति दिवसका अवसरमा कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार नवराज शर्मालाई प्रदान गरिएको थियाे । पाँच हजार पाँच सय पचपन्न रुपैयाँ राशीको उक्त पुरस्कार वितरण गरिएको हो । सो अवसरमा जिल्लाका विविध सम्पर्क सूचनाहरु समेटेर तयार गरिएको फोन डायरीको समेत विमोचन गरिएको छ।
कार्यक्रममा बोल्दै पुरस्कृत हुने बरिष्ठ पत्रकार नवराज शर्माले कृष्ण सेन सबैको आदर्श भएको बताए । कृष्ण सेनले सधै आफूलाई जनताको पक्षमा उभ्याएको बताउँदै शर्माले सेनको जीवनबाट सबैले सिक्नुपर्ने बताए । उनले क्रान्तिकारी पत्रकार संगठनले आफूलाई पुरस्कृत गरेकोमा गर्वको अनुभूति गरेको बताए ।
त्यसैगरी नेपाल पत्रकार महासंघका ३ नम्बर प्रदेशका अध्यक्ष प्रताप विष्टले संगठनले सही व्यक्तिलाई पुरस्कृत गरेको भन्दै जनताका पक्षमा कलम चलाएमा सम्मान पाइन्छ भन्ने कुराको अनुभूति बनाए ।
कार्यक्रममा प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, प्रेस सोसाइटी, मिडिया नेपाल, क्रियाशील पत्रकार महिला, तामाङ पत्रकार संघ, चलचित्र पत्रकार संघलगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
Rarahang Kulman
deowa is indian and his father is dhoti so cannot speak nepali clearly ..