नेकपा निर्वाचन आयोगमा दर्ता, यस्तो राखियो नयाँ नाम
सारांश
- काठमाडौं , २४ जेठ ।
- दुई कम्युनिष्ट पार्टीहरु नेकपा (एमाले) र माओवादी केन्द्र एकिकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।
- निर्वाचन आयोगले बुधबार जारी गरेको विज्ञप्ति अनुसार नव गठित पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को रुपमा दर्ता भएको छ ।
काठमाडौं , २४ जेठ । दुई कम्युनिष्ट पार्टीहरु नेकपा (एमाले) र माओवादी केन्द्र एकिकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।
निर्वाचन आयोगले बुधबार जारी गरेको विज्ञप्ति अनुसार नव गठित पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को रुपमा दर्ता भएको छ ।
ऋषिराम कट्टेल नेतृत्वको पार्टी नेकपासंग नाम जुधेपछि दल दर्ता प्रक्रियामा विलम्व भएको थियो । तर, आयोगले नाममा नेपाल कम्युनिस्ट पार्टीसंगै (ने क पा) राखेर नव दल दर्ता गरिदिएको छ ।
नेकपाले आयोगमा
चार सय ४१ सदस्यीय केन्द्रीय कमिटी नामावली बुझाएको छ । त्यसैगरी नेकपाको ४५ सदस्यीय स्थायी कमिटीमा पनि आयोगमा बुझाएको छ ।
पार्टी दर्ताका लागि जेठ ३ गते निवेदन दिए पनि महिलाको प्रतिनिधित्वका कारणले दल दर्ता हुन लामो समय लागेको हो। पार्टीमा कानुनअनुसार महिला प्रतिनिधित्व नभएको भन्दै सर्वत्र आलोचना हुँदै आएको छ।
नेकपाको दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एक सय ७४ सांसद छन्। त्यसैगरी सात प्रदेशमध्ये ६ वटामा नेकपाको सरकार रहेको छ भने साढे सात सय स्थानीय तहमा पनि चार सयभन्दा बढीमा नेतृत्व छ।
प्रतिक्रिया