मेलम्चीको काम समयमै नसकिंदा मन्त्री बिना टेन्सनमा
सारांश
- काठमाडौँ, २५ जेठ- दसैं अघि काम सकिने भनिएको मेलम्ची खानेपानी आयोजनाको ठेकेदारले समयमै काम सक्न आलटाल गरेको छ ।
- जिम्मा लिएको कम्पनी सिएएमसी रेभेनाले तोकिएको समयमा काम पूरा गर्न आलटाल गरेपछि खानेपानी तथा सरसफाइमन्त्री बिना मगर चिन्तित देखिएकी छिन् ।
- उनले कूटनीतिक पहल गरिदिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग आग्रह समेत गरेकी छिन् ।
काठमाडौँ, २५ जेठ- दसैं अघि काम सकिने भनिएको मेलम्ची खानेपानी आयोजनाको ठेकेदारले समयमै काम सक्न आलटाल गरेको छ । जिम्मा लिएको कम्पनी सिएएमसी रेभेनाले तोकिएको समयमा काम पूरा गर्न आलटाल गरेपछि खानेपानी तथा सरसफाइमन्त्री बिना मगर चिन्तित देखिएकी छिन् । उनले कूटनीतिक पहल गरिदिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग आग्रह समेत गरेकी छिन् ।
इटालीको एक निर्माण व्यवसायी कम्पनी सिएमसीले सन् २०१३ देखि मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिई काम शुरु गरेको थियो । कम्पनीको ठेक्काको म्याद गत वैशाख ३१ गते नै सकिसकेको छ । आयोजनाको मुख्य काम सुरुङभित्रको काम बाँकी छ । ठेकेदारले कार्ययोजनानुरुप आफ्नो पूर्ण क्षमतामा काम गरेमा आगामी भदौ १५ गतेभित्र काठमाडौँमा पानी ल्याउन सकिने सम्भावना अझै छ ।
मन्त्री मगरले परराष्ट्रमन्त्री ज्ञवालीसँग भेटी इटाली सरकारसँग कूटनीतिक पहलमार्फत समस्या समाधानका लागि आग्रह गरेकी हुन् । खानेपानी मन्त्रालय र आयोजना कार्यालयबाट बारम्बार ताकेतापछि पनि काम नगरेपछि इटालीको सरकारसँग कूटनीतिक पहल गर्न अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।
ठेकेदार आफैँ सहमत भएको कार्ययोजनालाई समेत पूरा गर्न नखोजेको तथा बारम्बार प्रतिबद्धता जनाउने र काम नगर्ने अवस्था आएको बताइएको छ । मन्त्री मगरले राष्ट्रिय गौरवको आयोजनामा हुने ढिलाइले नेपालका अन्य आयोजनामा समेत असर पर्ने बताउँदै इटालीे सरकारले ठेकेदार कम्पनीको मुख्यालयमा चासो राख्न लगाउनका पहल भएको हो ।
गत चैत २७ गते मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङको ‘ब्रेक थ्रु’ भएपछि सार्वजनिक समारोहमा समयमा नै काम सक्ने भनी ठेकेदारको प्रतिबद्धता आएको थियो ।
ठेकेदार कम्पनीले आगामी भदौ १५ भित्र आयोजना सम्पन्न गर्ने र सुन्दरीजलमा पानी पथान्तरणको काम सकिने कार्ययोजना बनाएको थियो ।
ठेकेदार कम्पनीले माग दावी गरेको र हाल विवाद समाधान समितिमा पुगेको विषय फरक भएकाले उक्त विषयलाई नजोडी उक्त कार्ययोजनामा ठेकेदार पक्षले सहमति व्यक्त गरे पनि नियतवश काम नगरेको मन्त्रालयले जनाएको छ ।
Uddhav Sharma
मनतरीज्यू १ महिनामा पानी
आउछ भनेको
होईन खोई
उत्तम घिमिरे
ठेकेदारलाई १ अर्व ६५ कराेड क्षतिपुर्ति दिंदै रे ! कति % काे टेन्सन हाे कि ?
Ganesh Shakya
के को टेन्सन ? कुनै न कुनै दसैं अगाडि त आई हाल्ला नि पानी ।
Chandra Adhikari
उत्ताउलिएर वाेलेकाे परिणाम ।
Avisek Sharma
Mantri ju ley mukh chadera dhila vayeko rey
Tenzin Lama
20 barsha
Bindeshwar Yadav
Khub dasaima pani khuwauxu vanthyau. K vayo? Furti dekhaye jasto kaam hudaina? Mantri bannu vanda pahila MELAMCHI dekhya thiyau? Bada Maharaja prakash ko tower banayera bas .arko sarkar aayexi tyo tower sure vatkainx. Ko ho prakash desko lagi k yogdan gareko x prakashle? Nepal ki 3 ti ketilai bihe gardai chakhdai xoddai garneko tower banaune re. Thuikk
Chakra Bahadur Chand
भुक्ने कुकुरले कहिले पनि टोक्दैन नभुक्ने कुकुरले सुटुक्क आयर टोकेको थाहइ हुदैन । टोक्यो भने बल्ल थाह हुन्छ यो कुकुरले टोक्छ भनेर
Niranjan Khanal
१अरब ६५ कराेड मा मन्त्रि काे भाग मा कम परेर टेन्सनमा हाेलिन
Ganesh Karki
अब हावाको भरमा भषण छॉट्नु हुदोरहेनछ भन्नेकुरा सोझो मगरको छोरीले बुझ्दैछिन।
Saroj Adhikari
नपत्यारिलाे कुरा गरे पछि तेस्तै हुन्छ