प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
२९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

सारांश

  • काठमाडौं १० असार – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कंदैछन् ।
  • असार ५ मा जम्बो टोलीसहित चीन प्रस्थान गरेका प्रधानमन्त्री ओलीले चिनका राष्ट्रपति सी जिन पिङ, प्रधानमन्त्री ली खछ्याङलगायतसँग औपचारिक भेटवार्ता गरे ।
  • नेपाल र चीन बीच भ्रमणका क्रममा रेल सहितका विभिन्न परियोजनामा सरकारी तथा निजी तर्फबाट १४ वटा सम्झौता भएका छन् ।

काठमाडौं १० असार – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कंदैछन् । असार ५ मा जम्बो टोलीसहित चीन प्रस्थान गरेका प्रधानमन्त्री ओलीले चिनका राष्ट्रपति सी जिन पिङ, प्रधानमन्त्री ली खछ्याङलगायतसँग औपचारिक भेटवार्ता गरे ।

नेपाल र चीन बीच भ्रमणका क्रममा रेल सहितका विभिन्न परियोजनामा सरकारी तथा निजी तर्फबाट १४ वटा सम्झौता भएका छन् । पस्मिनादेखि सिमेन्टसम्म यी ९ वटा सम्झौता भए, १ खर्ब ८० अर्बको चिनियाँ लगानी भित्रिंदैछ ।

बुधबार नेपाली निजी कम्पनी र चिनियाँ कम्पनी बीच करिब १ खर्ब ८० अर्ब रुपैयाँ लागतमा कुल ८ सय ७९ मेगावाट क्षमताका चार जलविद्युत आयोजनामा संयुक्त लगानी गर्ने लिखित सम्झौता भएको छ ।

चिनियाँ लगानीमा करिब ९ सय मेगावाट उत्पादन क्षमताका ४ वटा जलविद्युत् आयोजनामा भित्रिने बताइएको छ । त्यसैगरी नेपाली सरकारी तथा निजी र चीनबीच सिमेन्ट, फलफूल उद्योग, सिँचाइ परियोजना सम्झौतामा हस्ताक्षर भएको छ ।

दुई देशबीचको सम्झौतामा भुकम्पले भत्काएको नुवाकोट दरबार क्षेत्रको पुनः निर्माण तथा रसुवा, दोलखा, सिन्धुपाल्चोकका सार्वजनिक विद्यालय पुनर्निर्माणसम्बन्धी पत्र आदानप्रदान भैसकेका छन् ।

त्यसैगरी प्रधानमन्त्री ओलीको भ्रमणमा केरुङ–काठमाडौं रेल परियोजना, दुई परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, दुई देशबीचको सम्बन्ध मजबुत बनाउने सम्झौता, कार्गोमा तिब्बतको राजमार्ग प्रयोगसम्बन्धी सम्झौता, रसुवागढीमा पुल, मितेरीपुल, ऊर्जा सहकार्य, उत्पादन लगानी सहकार्य सम्झौता, मानव स्रोत सम्झौता, आर्थिक र प्राविधिक सहकार्य लगायतका सम्झौता भैसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?