जस्ले जित्यो उहीँ फस्यो , किन हार्नलाई खेल्दैछन् बेल्जियम र इँग्ल्यान्ड ?
सारांश
- समूह चरण पार गरिसकेका दुबै टोलीका लागि आजको खेलको जित हारको महत्व कम हुनेछ।
- विश्वकप फुटबलअन्तर्गत आज हुने बेल्जियम र इंग्ल्याण्डको खेलमाइंग्ल्याण्ड र बेल्जिमय महत्वपूर्ण खेलाडी अनुपस्थित हुने भएका छन्।
- आज समूह विजेता बन्नेले क्वाटरफाइनमा ब्राजिल वा मेक्सिकोमध्ये एकको सामना गर्नुपर्ने छ।
समूह चरण पार गरिसकेका दुबै टोलीका लागि आजको खेलको जित हारको महत्व कम हुनेछ। विश्वकप फुटबलअन्तर्गत आज हुने बेल्जियम र इंग्ल्याण्डको खेलमाइंग्ल्याण्ड र बेल्जिमय महत्वपूर्ण खेलाडी अनुपस्थित हुने भएका छन्।
आज समूह विजेता बन्नेले क्वाटरफाइनमा ब्राजिल वा मेक्सिकोमध्ये एकको सामना गर्नुपर्ने छ। जबकी उपविजेताले स्वीडेन अथवा स्विट्जरल्याण्डमध्ये एकको सामना गर्नेछ।
खेलले केवल समूह विजेता र उपविजेता चयन गर्नेछ। बेल्जियमका स्ट्राइकर रोमेलो लुकाकु खेलमा अनुपस्थित हुने भएका छन्।
म्यान्चेष्टर युनाइटेडका स्टार लुकाकुको ट्युनिसियासँग खेलमा गोलीगाँठामा समस्या देखिएको थियो। प्रशिक्षक रोबर्टो मार्टिनेजले इंग्ल्याण्डसँगको खेल बाहिर रहे पनि लुकाकुले अन्य खेल नगुमाउने बताएका छन्। बेल्जिमयका कप्तान एवम् प्रिमियर लिग क्लब चेल्सीका स्टारका इडन हाजार्डको पनि आज खेल्ने सम्भावना कम रहेको बताइएको छ। उनी पिडौँलाको समस्याबाट गुज्रिएका छन्।
इंग्ल्याण्डले मिडफिल्डर देले अलिलाई आज मैदानमा नउतार्ने भएको छ।
ट्युनिसियासँगको खेलका क्रममा उनको मांसपेशीमा समस्या देखिएको थियो। ट्रेनिङका लागि मैदानमा उत्रिए पनि इंग्ल्याण्डले ‘रिस्क’ नलिने जनाएको छ। इंग्ल्याण्ड र बेल्जिमय दुबै टोलीको नजर क्वाटरफाइनलमा छ।
समूह एचमा रहेका राष्ट्रहरुको खेल पनि आजै हुदैँछ।
‘मैले खेलाडीलाई पहिलो वा दोश्रो हुँदा के फरक पर्छ भनेर सोचेर समय खेर नफाल्न भनेको छु। मैले हामी पछाडि कोसँग खेल्दैछौं भन्ने पनि नसोच्न भनेको छु।’ इंग्ल्याण्डका प्रशिक्षक गेरेथ साउथगेटले भने,
दुबै टोलीले अघिल्ला खेलहरुमा पहेँलो कार्ड पाएका खेलाडीलाई आज आराम दिने सम्भावना पनि छ।
इंग्ल्याण्डका पूर्वकप्तान डेभिड बेकह्याम बेल्जियमविरूद्धको खेल हेर्न आज रसिया पुगेका छन्। इंग्ल्याण्डका प्रशिक्षक साउथगेटले बेह्क्यामलाई स्वागत गरेका छन्।
Manu Pun Magar
khel chahi gajabko hola jasto xa j hos
Dipesh GM
विश्वकप जित्न आएका टोली ब्राजीलसॅग किन डराऊने??? यो न्यूज लेख्ने मान्छे चाही डराए जस्तो छ।।
Dagal Limbu
yo news lekhne pagal ho braji le thekka leko hor
Raju Magar
Aalu photo ta club football ko rakheko xa world cup ko news ma…. shikhar reporter ko lagi world cup ma club football team participation gareko roixa ki k ho
Baba Ko Choro Sailo
Brazil le mare pani World Cup jitdaina
भरत तमु लामिछाने गुरूङ्ग
Yo hawa
Chamlagai Sovitkc
लुकाकु नहुदा पनि आज 3 गोल त 100% बेल्जियमको,,,
Swosti Ram Basnet
ताईनातुईको समाचार पोष्ट गर्याहोला ?