सिने पर्दाबाट टाडा हुदै आर्यन….

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ९, २०७३
|
|
३०३ पटक हेरिएको
Shares
सिने पर्दाबाट टाडा हुदै आर्यन….

सारांश

  • एक् जमानाका सुपर हिट नायक आर्यन सिग्देल एति बेला आर्यन सिग्देल होइन Aaryan Sick Dear भनेको जस्तो  भएका छन्…  नायक आर्यन सिग्देलले नयाँ फिल्ममा अभिनय नगरेको  करिब एक वर्ष हुन लागि सक्यो ।
  • आखिर किन उनले नयाँ फिल्ममा अभिनय गरीरहेका छैनन् ?
  • फिल्म नपाएर त पक्कै होइन ।

एक् जमानाका सुपर हिट नायक आर्यन सिग्देल एति बेला आर्यन सिग्देल होइन Aaryan Sick Dear भनेको जस्तो  भएका छन्… 

नायक आर्यन सिग्देलले नयाँ फिल्ममा अभिनय नगरेको  करिब एक वर्ष हुन लागि सक्यो । आखिर किन उनले नयाँ फिल्ममा अभिनय गरीरहेका छैनन् ? फिल्म नपाएर त पक्कै होइन ।  पछिल्लो समय आफ्नो ब्यानरका फिल्ममा मात्रै अभिनय गर्ने घोषणा गरेका आर्यनलाई निर्माताले निरन्तर नै ‘फिल्म अफर’ गरिरहेका हुन्छन् । तर, उनी बाहिरी ब्यानरका फिल्ममा अभिनय गर्न रुचि नै देखाउँदैनन् ।
किन त आर्यन फिल्म खेल्दैनन् ? केही समयअघि त उनी धमाधम फिल्म गर्थे । वसन्त निरौलाको होस् या नेत्र गुरुङको, ‘आको बात छैन’ थियो । तर, पछि गएर उनी निकै ‘चुजी’ बने । कतिपयले आर्यनलाई फिल्म नपाएर खाली बसेको पनि भन्ने गरेका छन् । खासमा कुरा त्यसो होइन । उनले थुप्रै फिल्म ‘रिजेक्ट’ गरेका छन् । यसको मुख्य कारण हो, पछिल्ला फिल्म लगातार फ्लप हुनु । आफू अभिनित अलबिदा, नाइके, आवेगलगायतका फिल्म असफल भएपछि उनी अत्तालिएका हुन् । त्यसपछि नै उनले उप्रान्त बाहिरी ब्यानरका फिल्म नगर्ने घोषणा गरेका हुन् ।
आर्यन श्याम अर्यालको मरिनामा भने अभिनय गर्ने छन् । मरिनाको सुटिङ डिसेम्बरबाट मात्रै सुरु हुने बताइन्छ । बाहिरी ब्यानरका फिल्म नगर्ने घोषणा गरे पनि उनले ‘छक्का पञ्जा’मा भने अभिनय गरे । त्यसमा ‘निजी’ कारण भएको बताइन्छ । छक्का पञ्जामा अथिति भूमिका निर्वाह गरेका आर्यन नोभेम्बर रेन र क्लासिकपछि अब तेस्रो फिल्म निर्माणको तयारीमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायात क्षेत्रको सिन्डिकेट हटेन भने राजिनामा दिन्छु: मन्त्री रघुवीर महासेठ
यातायात क्षेत्रको सिन्डिकेट हटेन भने राजिनामा दिन्छु: मन्त्री रघुवीर महासेठ
कम्युनिष्ट ट्रेड युनियन पनि एकता प्रक्रियामा !
कम्युनिष्ट ट्रेड युनियन पनि एकता प्रक्रियामा !
मरे भनिएका प्रहरी जवान जिवितै, प्रहरीले नै ढाँट्याे पत्रकारलाइ
मरे भनिएका प्रहरी जवान जिवितै, प्रहरीले नै ढाँट्याे पत्रकारलाइ
हलिवुड निर्माता हार्भी वाइन्सटिन  बलात्कार र यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर
हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कार र यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर
म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छः विना विभागीयमन्त्री शाही
म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छः विना विभागीयमन्त्री शाही
नैतिक संकटमा तीन मन्त्री
नैतिक संकटमा तीन मन्त्री
कोरोना संक्रमितको फोक्सोमा लामो समयसम्म खराबी देखिएको अध्ययनको निश्कर्ष
कोरोना संक्रमितको फोक्सोमा लामो समयसम्म खराबी देखिएको अध्ययनको निश्कर्ष
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
सङ्घीय निजामती ऐनलाई अन्तिम टुङ्गो लगाईँदै
सङ्घीय निजामती ऐनलाई अन्तिम टुङ्गो लगाईँदै
धादिङको बेनिघाटमा रात्रीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते
धादिङको बेनिघाटमा रात्रीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते

तपाईंले छुटाउनुभयो कि?