नेपाल–पोर्चुगल परामर्श संयन्त्र सम्झौतापत्रमा हस्ताक्षर

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
|
२४ पटक हेरिएको
Shares
नेपाल–पोर्चुगल परामर्श संयन्त्र सम्झौतापत्रमा हस्ताक्षर

सारांश

  • पोर्चुगल ।
  • युरोप भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–पोर्चुगल परामर्श संयन्त्र सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
  • बुधबार पोर्चुगलका समकक्षी अबस्टो सान्टोस सिल्भासँग भेटवार्ता गर्ने क्रममा सो सम्झौता भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

पोर्चुगल । युरोप भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–पोर्चुगल परामर्श संयन्त्र सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । बुधबार पोर्चुगलका समकक्षी अबस्टो सान्टोस सिल्भासँग भेटवार्ता गर्ने क्रममा सो सम्झौता भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

त्यस अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले सिल्भालाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् । युरोपेली मुलुक पोर्चुगलका उच्च अधिकारीहरुसँगको भेटघाटपछि उनले मानव तस्करहरुको शिकार हुनबाट नेपालीलाई जोगाउनु पर्ने समेत बताएका थिए ।

तस्करहरुले सोझासाझा नेपालीहरुको गरिबी र अज्ञानताबाट फाइदा लिइरहेको भन्दै मन्त्री ज्ञवालीले नेपाल र पोर्चुगल मिलेर मानव तस्करी रोक्नुपर्ने औंल्याएका थिए । मानव तस्करी रोक्ने सरकारको प्रयासमा प्रवासमा रहेका एनआरएनलगायत नेपाली संघ–संगठनले पनि खबरदारी गर्नुपर्ने मन्त्री ज्ञवालीको भनाइ छ । उनी लक्जम्वर्गमा आइतबार शुरु हुने एनआरएनको युरोपेली बैठकको उदघाटनमा सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?