कालीगण्डकीमा मोटरेबल पुल निर्माण शुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १३, २०७५
|
|
३० पटक हेरिएको
Shares
कालीगण्डकीमा मोटरेबल पुल निर्माण शुरु

सारांश

  • बाबियाचौर, म्याग्दी, १३ साउन, अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ र ७ को सिमानामा पर्ने महभिरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण शुरु भएको छ ।
  • भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टरले पक्की मोटरेबल पुल निर्माण शुरु गरेको हो ।
  • महभिर र पोखरबगरस्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुल निर्माणका लागि रु १९ करोडमा हिम सगरमाथा–डाँफे–बज्रगुरी जेभीले ठेक्का सम्झौता गरेको छ ।

बाबियाचौर, म्याग्दी, १३ साउन, अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ र ७ को सिमानामा पर्ने महभिरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण शुरु भएको छ ।

भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टरले पक्की मोटरेबल पुल निर्माण शुरु गरेको हो । महभिर र पोखरबगरस्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुल निर्माणका लागि रु १९ करोडमा हिम सगरमाथा–डाँफे–बज्रगुरी जेभीले ठेक्का सम्झौता गरेको छ ।

बर्खाको प्रतिकूल मौसम र कालीगण्डकीको बाढीका बाबजुद पनि कामलाई तीव्र रुपमा अघि बढाएको कार्यालयका सब इञ्जिनियर टीका रेग्मीले जानकारी दिनुभयो । ११ मिटर फराकिलो पुल दुई लेनको हुने छ । ८० मिटर लामो महभिर पुलको बीच भागमा रहने पिल्लर निर्माणको काम आधाभन्दा बढी सकिएको छ । निर्माणस्थलको विवाद समाधान भएपछि पोखरेबगरमा पनि पुल निर्माणको काम शुरु गर्ने कार्यालय र निर्माण कम्पनीले जनाएका छन् ।

पुल निर्माणस्थलमा रहेको मन्दिरलाई कसरी संरक्षण गर्ने भन्ने विषयमा स्थानीय र कार्यालयबीच सहमति जुट्न सकेको छैन । गत फागुनदेखि कार्य क्षेत्रमा परिचालन भएको ठेकेदार कम्पनीले दुई वर्षमा काम सक्ने लक्ष्य राखेको छ । ७० मिटर लामो बनाउने भनिएको पोखरेबगरको पुल निर्माण अवधि भनेपछि ढकेलिने खतरा बढेको छ । विसं २०६४ मा ट्र्याक खुलेको बेनी जोमसोम सडकको विभिन्न ठाउँमा हाल फलामको बेलिब्रिजबाट सवारी साधन वारपार गर्दै आएका छन् ।

भारत र चीन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दूरीको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दीको बेनीदेखि चीनको सिमाना कोरला जोड्ने १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक कालोपत्र र स्तरोन्नतिको काम भइरहेको छ । रु छ अर्बको लागतमा बेनीदेखि जोमसोम सम्मको ७६ किलोमिटर सडक कालोपत्र र जोमसोमदेखि कोरला सम्मको ११० किलोमिटर सडक स्तरोन्नति गर्न ११ वटा खण्डमा काम भइरहेको छ । सडक स्तरोन्नतिसँगै मोटरेबल पुल निर्माणको कामसमेत अघि बढेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो ।

सो सडक स्तरोन्नति र कालोपत्र भएपछि कोरला नाका सञ्चालनमा ल्याउने वातावरण बन्नाका साथै गण्डकी प्रदेशको जलविद्युत्, पर्यटन र ब्यापारमा महत्वपूर्ण योगदान पुग्ने प्रदेशसभा सदस्य विनोद केसीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हात्ती आक्रमणबाट वृद्ध गम्भीर घाइते
हात्ती आक्रमणबाट वृद्ध गम्भीर घाइते
विवाह गर्न नपाएको झोँकमा सामूहिक आत्महत्या…
विवाह गर्न नपाएको झोँकमा सामूहिक आत्महत्या…
एक्सनमा उत्रियो कास्की प्रहरी, स्वीप अप्रेशनमा एकैदिन ९१ व्यक्ति नियन्त्रणमा
एक्सनमा उत्रियो कास्की प्रहरी, स्वीप अप्रेशनमा एकैदिन ९१ व्यक्ति नियन्त्रणमा
अनशनरत डा.केसीको पक्षमा प्रदर्शन
अनशनरत डा.केसीको पक्षमा प्रदर्शन
ओली सरकारलाई ‘अलोकप्रिय’ बनाउने पाँच मुद्दाहरू
ओली सरकारलाई ‘अलोकप्रिय’ बनाउने पाँच मुद्दाहरू
नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट
प्रदेश सरकारले तोक्यो मुख्यमन्त्री र मन्त्रीहरुको सेवासुविधा, कसले कति पाउने ?
प्रदेश सरकारले तोक्यो मुख्यमन्त्री र मन्त्रीहरुको सेवासुविधा, कसले कति पाउने ?
श्रीस्वस्थानी व्रतकथाको अाज अन्तिम दिन, विशेष धार्मिक कार्यक्रम गरी समापन गरिँदै
श्रीस्वस्थानी व्रतकथाको अाज अन्तिम दिन, विशेष धार्मिक कार्यक्रम गरी समापन गरिँदै
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानमा रमेश बिजी बिजयी
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानमा रमेश बिजी बिजयी
जिल्ला समन्वय समिति दोलखामा एमालेको प्यानलै बिजयी, निस्कियो विजयी जुलुस
जिल्ला समन्वय समिति दोलखामा एमालेको प्यानलै बिजयी, निस्कियो विजयी जुलुस

तपाईंले छुटाउनुभयो कि?