खुश्बु खड्काको चरित्र हत्या गर्न खोज्ने निर्देशक थापा प्रहरी फन्दामा,

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०७५
|
|
२० पटक हेरिएको
Shares
खुश्बु खड्काको चरित्र हत्या गर्न खोज्ने निर्देशक थापा प्रहरी फन्दामा,

सारांश

  • सामाजिक संजालका फेक आइडी बनाउने अनि चरित्र हत्या गर्ने देखि कुरिती भित्राउनेहरुको कमि छैन यहाँ ।
  • त्यही सामाजिक संजालको प्रयोग गरेर एक व्यक्तिले एक नायिकाको चरित्र हत्या गर्न खोजेको घटना बाहिरिएको छ ।
  • कुरा नायिका खुश्बु खड्का र आफुलाई निर्देशक बताउने दिपेश थापा मगरको हो , झोकमा आफ्नो फेसबुक वालमा नायिका खड्का र समग्र कलाकारहरुलाई गालि गर्दै एक स्टाटस पोस्ट गरेका थिए ।

सामाजिक संजालका फेक आइडी बनाउने अनि चरित्र हत्या गर्ने देखि कुरिती भित्राउनेहरुको कमि छैन यहाँ ।

त्यही सामाजिक संजालको प्रयोग गरेर एक व्यक्तिले एक नायिकाको चरित्र हत्या गर्न खोजेको घटना बाहिरिएको छ । कुरा नायिका खुश्बु खड्का र आफुलाई निर्देशक बताउने दिपेश थापा मगरको हो ,

झोकमा आफ्नो फेसबुक वालमा नायिका खड्का र समग्र कलाकारहरुलाई गालि गर्दै एक स्टाटस पोस्ट गरेका थिए । उनले ‘नेपाली कलाकार कसको कती औकात छ भनी रहनु पर्दैन खुश्बु खड्का जी’ भन्दै स्टाटस पोस्ट गरेका थिए । इन्बक्समा समेत नानाथरी गालि गलौज र पारिवारिक कुराहरु गर्न थालेपछि खड्काले मगर बिरुद्ध महानगरीय अपराध अनुसन्धान महाशाखामा पुगेर साइक्राइबमा निवेदन दिएकी थिइन् ।

नायिका खड्काले यस बिषयमा बोल्दै भनिन्,  ‘तिम्रो रेट फलानोकोभन्दा महङ्गो रहेछ, तिम्रो बा आमा के गर्छन् मलाई थाहा छ भन्दै मेरो र परिवार समेतको चरित्र हत्या गर्न खोज्नु भएको थियो ।  उहाँले पटक पटक नकारात्मक तरिकाले लेख्दै आएपछि मलाई सैय भएन अनि निवेदन दिएको थिएँ ।’ खुश्बुले भनिन्, ‘अहिले उहाँले माफी मागी सक्नु भयो । अब सायद कसैको पनि चरित्र हत्या गध्ययको काम/ कुरा गर्नु हुँदैन होला’ ।

उक्त निवेदनको आधारमा प्रहरीले निर्देशक थापालाई अनुसन्धानका लागि बोलाएपछि नायिका खड्कासमक्ष आफूले गल्ती गरेको भन्दै माफी मागेका छन् । थापाले आफूले गल्ती गरेको र अबदेखि यस्तो गल्ती नगर्ने भन्दै प्रहरीसमक्ष माफी माग्दै मैले लेखेको कुराले परिवारको मानमर्यादा माथि आँच आएको भन्दै निर्देशक थापाले गल्ती स्वीकार गरेका थिए ।  मेरो ,फिल्म डटकमवाट,

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?