विकसित मुलुकहरुको भन्दा नेपालको बालबालिका खुशी: मन्त्री पण्डित

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • बनेपा, २१ साउन ।
  •   संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बालबालिकालाई राम्रो व्यवहारको सिकाइबाट सुन्दर भविष्य निर्माण गर्न सकिने बताउनुभएको छ ।
  • पहिलाको जस्तो तर्साएर, धम्क्याएर र कुटेर ठीक ठाउँमा ल्याउन खोज्नु गलत साबित भएको बताउँदै उहाँले भन्नुभयो, ‘‘अब अभिभावकहरुमा पनि आनीबानी, बोलीबचन र व्यवहारमा परिवर्तनको आवश्यक छ ।

बनेपा, २१ साउन ।  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बालबालिकालाई राम्रो व्यवहारको सिकाइबाट सुन्दर भविष्य निर्माण गर्न सकिने बताउनुभएको छ ।

पहिलाको जस्तो तर्साएर, धम्क्याएर र कुटेर ठीक ठाउँमा ल्याउन खोज्नु गलत साबित भएको बताउँदै उहाँले भन्नुभयो, ‘‘अब अभिभावकहरुमा पनि आनीबानी, बोलीबचन र व्यवहारमा परिवर्तनको आवश्यक छ ।” बालबालिकाप्रति देखाएको असलभाव नै आफ्नो, बच्चा, समाज र सिंगो देशको भविष्य भएको उहाँको भनाइ छ ।

आज काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको–१२ कलाँती भूमिडाँडालाई ‘बालमैत्री स्थानीय शासन घोषणा’ कार्यक्रममा बोल्नुहुँदै उहाँले संसारको रेकर्डअनुसार बेलायतको बालबालिकाभन्दा नेपालको बालबालिका धेरै खुशी भएको पाइएको बताउनुभयो ।

मन्त्री पण्डितले जनप्रतिनिधिहरुलाई आफ्नो सुखसुविधामा भन्दा पनि जनताको सुखसुविधामा ध्यान दिएर काम गर्न आग्रह गर्दै अझ जनताको शिर ठाडो हुने गरी काम गर्न लाग्नुपर्दछ भन्नुभयो ।

सो अवसरमा प्रदेश नं ३ का सांसद वसुन्धरा हुमागार्इं, पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले बालमैत्री स्थानीय शासन घोषणा कार्यलाई निरन्तरता दिनका लागि आफ्नो तर्फबाट सधैँ सहयोग गरिरहने बताउनुभयो । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ लाई बालमन्त्री स्थानीय शासन घोषणा गरेको कार्य प्रदेश नं ३ को दोस्रो र काभ्रेपलाञ्चोक जिल्लाको पहिलो हो ।

सो क्रममा मन्त्री पण्डितले सो वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न सफल भएकामा प्रशंसा गर्दै नगरपालिकाले प्रदान गरिएको नगद पाँच लाखसहित प्रशंसापत्र वडाध्यक्ष एवं बालमैत्री स्थानीय शासन वडा समितिका अध्यक्ष ईश्वरराज जंगमलाई प्रदान गर्नुभएको थियो ।सो वडामा कूल ९३५ घरधुरी र चार हजार ७०७ जनसंख्या रहेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Indira Acharya

    उसलाई के थाहा ?? जस्को बच्चा छैन ।।

    Comment Author

    Pitambar Adhikari

    कति मुलुक घुमे बालबालिकासित सम्पर्क गरेर याे तथ्य पत्ता लाग्याे हाेला ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवासंघ नेपाल पाँचखाल नगर कमिटिद्वारा अायोजित दोस्रो युवाकप उद्घाटन ।
युवासंघ नेपाल पाँचखाल नगर कमिटिद्वारा अायोजित दोस्रो युवाकप उद्घाटन ।
सभामुख संग बाझाबाझ पछि सांसद ले दिए राजीनामा
सभामुख संग बाझाबाझ पछि सांसद ले दिए राजीनामा
जिल्ला र प्रदेश कमिटीको एकता टुङग्याउन निर्देशन
जिल्ला र प्रदेश कमिटीको एकता टुङग्याउन निर्देशन
एमालेमा छलाङ मार्ने पौडेल र नेपाल, डिमोसन हुने खनाल र पोखरेल
एमालेमा छलाङ मार्ने पौडेल र नेपाल, डिमोसन हुने खनाल र पोखरेल
रुपन्देहीका काठ व्यवसायी पौडेलको हत्यामा संलग्न तीनजा पक्राउ
रुपन्देहीका काठ व्यवसायी पौडेलको हत्यामा संलग्न तीनजा पक्राउ
महाशिवरात्रीः लिंगका रुपमा शिव पृथ्वीमा देखापर्ने
महाशिवरात्रीः लिंगका रुपमा शिव पृथ्वीमा देखापर्ने
प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
गृहमन्त्रीको सवारी सातदोबाटोको चेकिङमा रोकियो
गृहमन्त्रीको सवारी सातदोबाटोको चेकिङमा रोकियो
साउदी अरबका हजारौं सैनिक नियन्त्रणमा लिएको हूती विद्रोहीको दाबी
साउदी अरबका हजारौं सैनिक नियन्त्रणमा लिएको हूती विद्रोहीको दाबी
सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य आवश्यक छ: उपराष्ट्रपति यादव
सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य आवश्यक छ: उपराष्ट्रपति यादव

तपाईंले छुटाउनुभयो कि?