करकाे बोझ हटाउने अर्थमन्त्रीकाे संकेत
सारांश
- काठमाडौं , २७ साउन ।
- अर्थमन्त्री डाक्टर युवराज खतिवडाले तिर्न नसक्नेलाई करको बोझ नलगाउने स्पष्ट पार्नु भएको छ ।
- सर्वसाधारणलाई करको बोझ लगाउने काम गरिएकोे भन्दै सरकारको चर्को आलोचना भइरहँदा अर्थमन्त्री खतिवडाले कमजोर वर्गलाई कर नलगाउने स्पष्टिकरण दिनु भएको हो ।
काठमाडौं , २७ साउन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले तिर्न नसक्नेलाई करको बोझ नलगाउने स्पष्ट पार्नु भएको छ ।सर्वसाधारणलाई करको बोझ लगाउने काम गरिएकोे भन्दै सरकारको चर्को आलोचना भइरहँदा अर्थमन्त्री खतिवडाले कमजोर वर्गलाई कर नलगाउने स्पष्टिकरण दिनु भएको हो । उहाँले संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा पनि करको प्रावधान राखिएको स्मरण गराउनुभयो ।
आइतबार काठमाडौंमा आयोजित व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री खतिवडाले कानुन नबनाई कर असुली नगर्न पनि सम्बन्धित सबै निकायलाई कडा निर्देशन दिनुभयो । उहाँले दोहोरो कर नलिन र आफ्नो क्षेत्राधिकार बाहिर गएर कर असुल नगर्न पनि मातहतका निकायलाई सचेत गराउनुभयो । सरकारले संघीयता कार्यान्वयनका लागि लोककल्याणकारी राज्यको अवधारणा र सामाजिक न्यायको अवधारणा अनुरुप कर असुलीको काम गरिरहेको अर्थमन्त्री खतिवडाको दाबी छ।
अर्थमन्त्री खतिवडाले राज्यले कमजोर समुदायलाई लाभ हुने गरी विकास, निर्माण र सेवाको कामलाई अगाडि बनाउन कर लिने गरेको पनि स्मरण गराउनुभयो । उहाँले करको दुरुपयोग हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
Rajendra Karki
He is completely FAIL not move Neplease Economy.
Dila Ram Bastola
Good
Shrestha Ramesh
Aasa x