सरकारद्वारा आठ स्थानमा औद्योगिकग्राम निर्माण गर्ने घोषणा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ५, २०७९
|
|
४७ पटक हेरिएको
Shares
सरकारद्वारा आठ स्थानमा औद्योगिकग्राम निर्माण गर्ने घोषणा

सारांश

  • काठमाडौं ।
  • सरकारले देशका विभिन्न आठ स्थानलाई औद्योगिकग्राम घोषणा गरेको छ ।
  • सरकारले मण्डनदेउपुर–६, बेथानचोक–२, लिखु–४, रघुगङ्गा–२, तातोपानी–४, रिब्दीकोट–३, रुरुक्षेत्र–४ र अपिहिमाल–४ मा औद्योगिकग्राम निर्माण गर्ने घोषणा गरेको हो ।

काठमाडौं । सरकारले देशका विभिन्न आठ स्थानलाई औद्योगिकग्राम घोषणा गरेको छ । सरकारले मण्डनदेउपुर–६, बेथानचोक–२, लिखु–४, रघुगङ्गा–२, तातोपानी–४, रिब्दीकोट–३, रुरुक्षेत्र–४ र अपिहिमाल–४ मा औद्योगिकग्राम निर्माण गर्ने घोषणा गरेको हो ।

आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिद्को वैठकबारे जानकारी दिँदै लगानी (इन्भेष्टमेन्ट) कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने विषय तथा शर्त नेपाल राजपत्रमा प्रकाशित गर्न स्वीकृति दिने निर्णयसमेत गरेको बताए ।

उहाँका अनुसार सरकारले संवैधानिक परिषद् (विकास, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ फिर्ता लिने र बर्डफ्लु रोग नियन्त्रणका क्रममा आर्थिक वर्ष २०७८र७९ मा प्रचलित कानुनबमोजिम नष्ट गरिएका वस्तुको लागि राहत प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले संवत् २०८० सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय पनि गरिएको छ । यही फागुन १५ देखि १८ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५२औँ सत्रमा पत्रराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिए ।

मन्त्रिपरिषद्ले तत्कालीन जिल्ला पञ्चायत सचिवालय जिल्ला पशु सेवा शाखा कार्यालय गोरखाका नाममा रहेको जिल्ला गोरखा साविक सिर्दिवास गाविस वडा नं ८ को ४–६–२–२ रोपनी जग्गा चुमनुब्री गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ ।

सरकारका प्रवक्ता शर्माले भन्नुभयो, “ललितपुर जिल्ला साविक लुभु वडा नं ३ ‘क’ को २–२–०–० रोपनी सरकारी जग्गा लुभु प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणार्थ महालक्ष्मी नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिने निर्णय भएको छ ।” मोरङ जिल्ला साविक लेटाङ गाविस वडा नं १ को ०–४–१६ बिघा सार्वजनिक जग्गा ३० वर्षका लागि प्रहरी चौकी बुधबारे लेटाङलाई प्रयोग गर्न स्वीकृति दिने र काठमाडौँ जिल्ला साविक थानकोट गाविस वडा नं २ को २३–०–०–० रोपनी सरकारी जग्गा चन्द्रागिरि नगरपालिकालाई १५ ९पन्ध्र० शय्याको आधारभूत अस्पताल निर्माणार्थ उपयोग गर्न स्वीकृति दिने सरकारको निर्णय छ ।

यही फागुन २८ देखि चैत ४ गतेसम्म संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डिसीमा हुने यातायात क्षेत्र व्यवस्थापनसम्बन्धी कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मालाई सहभागी हुन स्वीकृति दिने पनि सरकारको निर्णय छ ।

सरकारले नेपाल इञ्जीनियरिङ परिषद्को अध्यक्ष पदमा ई डा पदमबहादुर शाही, उपाध्यक्ष पदमा ई डा विकास अधिकारी र सदस्यमा ई डा रेश्मा श्रेष्ठलाई मनोनयन गर्ने भएको छ । यही फागुन ११ देखि १२ गतेसम्म स्वीट्जरल्याण्डमा हुने बिरामीको सुरक्षासम्बन्धी सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीलाई सहभागी हुन स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय छ । स्वास्थ्य सेवाका विभिन्न समूहका अधिकृतहरूलाई स्वास्थ्य सेवाका एघारौँ तहमा बढुवा नियुक्ति गरी पदस्थापन गर्ने सरकारको निर्णय छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदिपले  सबैजना नाच भन्दै  पुष्प र नर्मतालाइ नचाए
प्रदिपले सबैजना नाच भन्दै पुष्प र नर्मतालाइ नचाए
बालेनले प्रधानमन्त्री ओलीविरुद्ध खोले फायर, आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा ल्याउन सुझाव
बालेनले प्रधानमन्त्री ओलीविरुद्ध खोले फायर, आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा ल्याउन सुझाव
बाढी प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री सप्तरी जाँदै
बाढी प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री सप्तरी जाँदै
अमेरिका पुगेर नेपालले दिए प्रधानमन्त्रीलाई यस्ताे सुझाव
अमेरिका पुगेर नेपालले दिए प्रधानमन्त्रीलाई यस्ताे सुझाव
ठमेलमा ‘साइकल लेन’ निर्माण गर्ने तयारी !
ठमेलमा ‘साइकल लेन’ निर्माण गर्ने तयारी !
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
नेकपाभित्र पाँच गुट सक्रिय, कस्को गुट कति शक्तिशाली
नेकपाभित्र पाँच गुट सक्रिय, कस्को गुट कति शक्तिशाली
गगनको आरोप : ‘ओलीलाई गणतन्त्र र प्रचण्डलाई लोकतन्त्र मन पर्न छोडेको छ’
गगनको आरोप : ‘ओलीलाई गणतन्त्र र प्रचण्डलाई लोकतन्त्र मन पर्न छोडेको छ’
म्यान्चेस्टर युनाईटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश
म्यान्चेस्टर युनाईटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश
एमाले नेता शेरधन राई बने प्रदेश सभाको उम्मेदवार
एमाले नेता शेरधन राई बने प्रदेश सभाको उम्मेदवार