घर बनाउदा बाटाेमा समान राखे एक बर्ष जेल !
सारांश
- काठमाडाै, २८ साउन ।
- घर निर्माण गर्दा पनि जथाभावी सडकमै निर्माण सामाग्री थुप्राउने निर्माणकर्ता अब कानूनी कठघरामा उभिने भएका छन्।
- भदौ १ देखि प्रचलनमा आउने नयाँ कानूनमा निर्माण सामाग्री जथाभावी राख्न नपाइने व्यवस्था छ।
काठमाडाै, २८ साउन । घर निर्माण गर्दा पनि जथाभावी सडकमै निर्माण सामाग्री थुप्राउने निर्माणकर्ता अब कानूनी कठघरामा उभिने भएका छन्। भदौ १ देखि प्रचलनमा आउने नयाँ कानूनमा निर्माण सामाग्री जथाभावी राख्न नपाइने व्यवस्था छ। यस्तै निर्माण र भत्काउँदा वा मर्मतसम्भार गर्दा आवश्यक सावधानीसहितका आवश्यक बन्दोबस्त गर्न कानूनले बाध्य बनाएको हो। यो व्यवस्था ऐनमै उल्लेख छ।
यदि ऐन विपरितको कसुर गरेको ठहर भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था नयाँ कानुनमा छ। मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँच वटैसंहिता भदौ १ गतेदेखि प्रचलनमा आउने छन्। याेसँगै जंगबहादुर राणाले विक्रम सम्वत १९१० मा बनाएको मुलुकी ऐन प्रतिस्थापन हुने भएको हो। जंगबहादुरले सुरुमा १६३ महलको ऐन बनाएका थिए। भदौ १ गतेदेखि मुलुकी ऐनको रुपमा प्रचलनमा ल्याइएको थियो।
जंगबहादुरले निर्माण गरेको पहिलो लिखित कानून ५५ वर्षपछि मुलुकी अपराध (संहिता) ऐन, मुलुकी देवानी (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन र मुलुकी देवानी कार्यविधिसंहिता ऐनले मुलुकी ऐनलाई प्रतिस्थापन गर्नेछन्। प्रचलनमा आउने संहिताले मुलुकी ऐनमा रहेका सबै अपराधलाई समेटेको छ। हाल प्रयोगमा आएका केही नयाँ अपराधमा दण्ड र सजायको व्यवस्था थपिएको छ। यसले अनुसन्धानकर्ता रहने प्रहरी र अभियोजनकर्ता रहने सरकारी वकिलका केही अधिकारी कटौती गर्नुका साथै थप जिम्मेबार बनाएको छ।
केही बुँदामा भने प्रहरीको अनुसन्धान पद्धति प्रभावित हुने आशंका समेत ब्यक्त गरिदैछ। प्रचलनमा आउने संहितामा धर्म परिवर्तन, दाईजो प्रथा, बहुविवाह, बलात्कार, पशुपंक्षीलाई गर्ने निर्दयी व्यवहार, गाली बेइज्जती, पतिले पनि संम्बन्ध विच्छेद गर्न सक्ने, जथाभावी घर निर्माण गर्न नहुने लगायतका विषयलाई स्पष्टसँग कसुर ठहर गर्दै कारबाही हुने व्यवस्था गरेको छ।
Ganesh Shakya
कलन्की मन्दिर अगाडी किन अँखा नपुगेको नि? कि सेतिङ्ग ?
Dadhi Ram Dahal
Hoina kasto kanun aauna lagako ho nepal ma ? janta lai sukha subidha bhanda ni trash ani asubidha….
Tejtilak Karki
अब सरकारले नै तयारी घर बेच्ने हल्ला छ
Phinjo Sherpa
Kina?
Tulas Bhojpure
Chup lag
Bkt Twayana Back
ani tesko budiko bauko gharma lagera rakhau
Krishna Bhattrai
Ramro.
Santosh Chhetri
सरकारले मान्छे थुन्ने घरचाइ कता तिर बनाएको रैछ जे गर्दा पनि जेल जेल मात्र देख्छु त
Gautam Das Tuladhar
Batoma narakhe k BALUWATAR MA Rakhne??????
Ha-RiSh KC
ekdamai ramro good news.
Bir Bahadur GC
Nepal le nakkal gareko ho bharat le jasto kam garchh ustai baatama saman narakhne kanun 10vars baneko ho yeha kehi kadai chhaina.