चीन, अमेरिका व्यापार वार्ता अगष्टको अन्त्यमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
६३ पटक हेरिएको
Shares
चीन, अमेरिका व्यापार वार्ता अगष्टको अन्त्यमा

सारांश

  • बेइजिङ, ३१ साउन ।
  • चीनले व्यापार वार्ता पुनः सुरु गर्न अगष्टमा एकजना वरिष्ट मध्यस्थकर्तालाई संयुक्तराज्य अमेरिका पठाउने चीनको बाणिज्य मन्त्रालयले जनाएको छ ।
  • दुबै मुलुकबीचको व्यापार द्वन्द्व चर्किएपछिको यो पहिलो उच्चस्तरीय वार्ता हो ।

बेइजिङ, ३१ साउन । चीनले व्यापार वार्ता पुनः सुरु गर्न अगष्टमा एकजना वरिष्ट मध्यस्थकर्तालाई संयुक्तराज्य अमेरिका पठाउने चीनको बाणिज्य मन्त्रालयले जनाएको छ । दुबै मुलुकबीचको व्यापार द्वन्द्व चर्किएपछिको यो पहिलो उच्चस्तरीय वार्ता हो ।बेइजिङ र वासिङ्टनले गत जुनमा उच्चस्तरीय बैठक भएपछि पनि एकअर्का मुलुकका अर्बौं डलरका वस्तुमाथि करबृद्धि गर्ने घोषणा गरेका थिए । यो व्यापारिक लडाइँले विश्व अर्थतन्त्रलाई नै असर पार्ने अनुमान गरिएको छ ।

संयुक्तराज्य अमेरिकाको निमन्त्रणमा उपबाणिज्यमन्त्री वाङ साउवेनको नेतृत्वमा एक प्रतिनिधिमण्डल अमेरिका जाँदैछ । अन्तर्राष्ट्रिय व्यापार मध्यस्थतासम्बन्धी प्रतिनिधि समेत रहेका वाङको टोलीले अमेरिकी अर्थ मन्त्रालयका वरिष्ट अधिकारी डेभिड माल्पाससँगको टोलीसँग भेटघाट गर्नेछ ।मन्त्रालयको वक्तव्यमा भनिएको छ, “चीन एकपक्षीय व्यापार र संरक्षणवादी अभ्यासको विपक्षमा छ, तथा कुनै पनि किसिमबाट एकपक्षीय व्यापार अबरोधका उपायहरु स्वीकार्य हुँदैन । चीन समानता र सम्मानका आधारमा गरिने वार्ता र सञ्चारमा विश्वास गर्दछ ।”

अमेरिकी बाणिज्य मन्त्री विल्बर रसले गत जुनमा बेइजिङमा चिनीया उपप्रधानमन्त्री लिउ हेसँग भेटवार्ता गर्नुभएको थियो । तर यो छलफलले तनाब कम गर्न असफल भएको थियो । बरु, जुलाईदेखि लागू हुनेगरी अमेरिकाले ३४ अर्ब डलर बराबरको चिनीया सामानमा करबृद्धि गर्ने घोषणा गरेको थियो । बेइजिङले समेत अमेरिकी सामानमा करबृद्धि गर्ने प्रतिक्रिया दिएको छ ।दुबै मुलुकले अगष्ट २३ देखि लागू हुनेगरी १६ अर्ब डलर बराबरका सामानमा फेरि करबृद्धि गर्ने योजना सार्वजनिक गरिसकेका छन् ।

वासिङटनले यस अतिरिक्त २०० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा कर लगाउने चेतावनी पनि दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन समयमै नसुध्रिए विगतमा १० प्रतिशत तोकिएको करबृद्धिलाई बढाएर २५ प्रतिशत पु¥याउने बताउनुभएको छ ।चीनले पनि ६० अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानमा करबृद्धि गर्ने चेतावनी दिइसकेको छ ।“दुवै मुलुकबीचको वार्ता कसरी अघि बढ्ला भन्ने अनुमान गर्न कठिन छ तर यो सकारात्मक सङ्केत हो ।

दुवै मुलुक कुनै किसिमको सम्झौतामा पुग्ने सम्भावना छ,” टोकाई टोक्यो अनुसन्धान इन्स्टिच्यूटका बजार विश्लेषक माकाटो सेन्गोकुले बताए।मार्कुरी ग्रुपका चिनीया अर्थविज्ञ ल्यारी हूका अनुसार दुवै पक्षले बेइजिङले के गर्नुपर्छ भन्ने विषयमा छलफल गर्ने विश्वास व्यक्त गर्नुभयो अर्थात् छलफलमा अमेरिकी आयात बढाउने, चिनीया बजार थप खुला गर्ने र अमेरिकी बौद्धिक अधिकारको संरक्षण गर्ने विषयले नै प्रमुखता पाउनेछन् ।

(https://www.genusinnovation.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६८१ कोरोना संक्रमित थपिए, १५९ जना काठमाडौंमा
६८१ कोरोना संक्रमित थपिए, १५९ जना काठमाडौंमा
ओली, बालेनसहित १३ जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता, तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन माग
ओली, बालेनसहित १३ जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता, तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन माग
युवा संघबाट बिदाई गरिएकालाई जिम्मेवारी दिन आग्रह
युवा संघबाट बिदाई गरिएकालाई जिम्मेवारी दिन आग्रह
इलाम र बझाङमा एमालेको अग्रता, बझाङमा कांग्रेसका उम्मेदवार मतान्तर घटाउँदै
इलाम र बझाङमा एमालेको अग्रता, बझाङमा कांग्रेसका उम्मेदवार मतान्तर घटाउँदै
काठमाडौँमा एक किशोरीमा देखियो कोरोना संक्रमण
काठमाडौँमा एक किशोरीमा देखियो कोरोना संक्रमण
“सालको पात टपरी” गीत युटुबमा डेढ करोड हेरिएकोमा खुशियाली
“सालको पात टपरी” गीत युटुबमा डेढ करोड हेरिएकोमा खुशियाली
के के सहमती भयो ओली-प्रचण्ड वार्तामा ?
के के सहमती भयो ओली-प्रचण्ड वार्तामा ?
सत्ता गठबन्धन अर्ली इलेक्सनमा जाने संकेत
सत्ता गठबन्धन अर्ली इलेक्सनमा जाने संकेत
धरानमा होम आइसोलेशनमा बसेका वृद्धको मृत्यु
धरानमा होम आइसोलेशनमा बसेका वृद्धको मृत्यु
उपसभामुख इन्दिरा भन्छिन् : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउनुपर्छ
उपसभामुख इन्दिरा भन्छिन् : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउनुपर्छ