अपाङ्गता भएका व्यक्तिकाे अधिकार कार्यान्वयन गर्न माग !
सारांश
- भक्तपुर, ३ भदौ ।
- कानूनमा व्यवस्था गरेको अपाङ्गता भएका व्यक्तिको हक अधिकारलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिइएको छ ।
- भक्तपुर बहिरा सङ्घको आज भएको ११ औँ अधिवेशन तथा २२ औँ वार्षिक साधारणसभामा प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले सरकारले बहिरा अपाङ्गताको हकहित र अधिकार संरक्षण गर्नुपर्ने बताए ।
भक्तपुर, ३ भदौ । कानूनमा व्यवस्था गरेको अपाङ्गता भएका व्यक्तिको हक अधिकारलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिइएको छ । भक्तपुर बहिरा सङ्घको आज भएको ११ औँ अधिवेशन तथा २२ औँ वार्षिक साधारणसभामा प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले सरकारले बहिरा अपाङ्गताको हकहित र अधिकार संरक्षण गर्नुपर्ने बताए । सञ्चारविहीन अवस्थामा समस्या भोगिरहेका बहिराको हितका लागि सरकारले दोभाषेको व्यवस्था गर्नुपर्ने तथा उनीहरुलाई रोजगारमूलक सीप विकासमा लगाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा बहिरा महासंघका अध्यक्ष केपी अधिकारी र भक्तपुर बहिरा सङ्घका अध्यक्ष सूर्यबहादुर बुढाथोकीले विभिन्न १० प्रकारका अपाङ्गतामध्ये बहिरा अपाङ्गता संवेदनशील भएकाले हरेक स्थानीय तह र उद्योगमा उनीहरुलाई रोजगारी प्रदान गरिनुपर्नेमा जोड दिए । सङ्घले बहिरा तथा अन्य स्रोतबाट सङ्कलन भएको रकमबाट भक्तपुर नगरपालिका–१० मा खरीद गरेको दुई आना दुई पैसा जग्गामा भवन निर्माणका लागि करीब रु पाँच लाख सङ्कलन भइसकेको छ ।
प्रतिक्रिया