एकै अभियोग? राज्यमन्त्री र मेयर सामान्य तारेखमा रिहा कापडलाई कारागार चलान

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
एकै अभियोग? राज्यमन्त्री र मेयर सामान्य तारेखमा रिहा कापडलाई कारागार चलान

सारांश

  • काठमाडौ भदौ ४ ।
  • मधेस आन्दोलनका क्रममा हत्या गरिएका सशस्त्र प्रहरीका असइ थमन विकको हत्या प्रकरणमा अभियोग लागेका व्यक्तिहरुका बीचमा पनि जिल्ला अदालत महोत्तरीले फरक फरक आदेश गरेको छ ।
  • एकै अभियोग लागेका तत्कालीन मधेसी मोर्चाका नेताहरु लाई सामान्य धरौटीमा र सामान्य कार्यकर्ता लाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरिएको छ।

काठमाडौ भदौ ४ । मधेस आन्दोलनका क्रममा हत्या गरिएका सशस्त्र प्रहरीका असइ थमन विकको हत्या प्रकरणमा अभियोग लागेका व्यक्तिहरुका बीचमा पनि जिल्ला अदालत महोत्तरीले फरक फरक आदेश गरेको छ । एकै अभियोग लागेका तत्कालीन मधेसी मोर्चाका नेताहरु लाई सामान्य धरौटीमा र सामान्य कार्यकर्ता लाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरिएको छ।

 साउन २८ र २९ गते सोही मुद्दामा प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डे साधारण तारेखमा रिहा भएका छन। राज्यमन्त्री, पार्टीका महासचिव र मेयरले सामान्य तारेखमा रिहा हुने आदेश प्राप्त गरे।

मन्त्री, मेयर र राजपा महासचिवलाई साधारण तारेखमा छाडिएको दुई दिनपछि महोत्तरी जिल्ला अदालतमा कापड हाजिर भएका थिए। आफ्ना नेताहरु बिनाधरौटी रिहा भएपछि उनी पनि सोही नजीरका आधारमा छुट्ने ढुक्क भएर जिल्ला अदालतमा आफ्ना वकिलमार्फत निवेदन दिए। उनी बिहीबार अदालतमा हाजिर भएका थिए। तर जिल्ला अदालतका मुख्य न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले थुनछेक बहसपछि विकको हत्यामा कापडको प्रत्यक्ष संलग्न देखिएको भन्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो। उनश्र जलेश्वर कारागार चलान भएका छन्।

भदौ १ गते जिल्ला अदालत महोत्तरीले जलेश्वर नगरपालिका १७ का ४५ वर्षीय पवन कापडलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।भने सामान्य कार्यकर्ता भने पुर्पक्षका लागि थुनामा जान बाध्य भए।एकै अभियोग र एउटै आरोपपत्र लागेका राज्यमन्त्री, पार्टीका महासचिव र मेयरले सामान्य तारेखमा रिहा हुने आदेश प्राप्त गरे भने सामान्य कार्यकर्ता भने पुर्पक्षका लागि थुनामा जान बाध्य भए।

उच्च अदालत जनकपुरले साउन १५ गते असइ विकको हत्याको आरोपमा फरार रहेकालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई परमादेश जारी गरेपछि आरोपितहरु अदालत उपस्थित हुन थालेका थिए। विगत ३ वर्षदेखि फरार रहेका उनीहरुको नाममा तत्काल पक्राउ गर्न परमादेश जारी भएपछि उनीहरु बाध्य भएर अदालत उपस्थित भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?