शव गृहकाे जेनेरेटरमा अागलागी
सारांश
- काठमाडाै, ४ भदाै ।
- मध्यपश्चिम क्षेत्रिय अस्पताल सुर्खेतको शव गृहमा राखिएको जेनेरेटरमा आगलागी भएको छ।
- सोमबार दिउँसो ४ बजेतिर भएको आगलागीबाट करिव १२ लाख बराबरको क्षति भएको क्षेत्रिय अस्पताल सुर्खेतका प्रशासकीय अधिकृत विनोद बस्नेतले जानकारी दिए।
काठमाडाै, ४ भदाै । मध्यपश्चिम क्षेत्रिय अस्पताल सुर्खेतको शव गृहमा राखिएको जेनेरेटरमा आगलागी भएको छ। सोमबार दिउँसो ४ बजेतिर भएको आगलागीबाट करिव १२ लाख बराबरको क्षति भएको क्षेत्रिय अस्पताल सुर्खेतका प्रशासकीय अधिकृत विनोद बस्नेतले जानकारी दिए।
‘आगलागीबाट शव गृहमा सामान्य क्षति भएको छ’ बस्नेतले भने ‘करिव १२ लाख बराबरको जेनेरेटर भने पूर्ण रुपमा क्षति पुगेको छ।’ दमकल र स्थानीयको प्रयासबाट करिव आधा घण्टामै आगो निभाइएको थियो। विद्युत सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया