बिमस्टेक सम्मेलनमा उपत्यकाको सडकमा तीन दिन जोर-बिजोर प्रणाली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
बिमस्टेक सम्मेलनमा उपत्यकाको सडकमा तीन दिन जोर-बिजोर प्रणाली

सारांश

  • काठमाडौ ८,भदौ ।
  • काठमाडौंमा हुन गइरहेको बिमस्टेक सम्मेलनमा उपत्यकामा जोर -बिजोर प्रणाली लागू गर्ने निर्णय गृह मन्त्रालयले गएको छ।
  • मन्त्रालयका अनुसार १३,१४ र १५ गते यो जोर -बिजोर प्रणाली  लागू हुने निर्णय गरेको  छ।

काठमाडौ ८,भदौ । काठमाडौंमा हुन गइरहेको बिमस्टेक सम्मेलनमा उपत्यकामा जोर -बिजोर प्रणाली लागू गर्ने निर्णय गृह मन्त्रालयले गएको छ। मन्त्रालयका अनुसार १३,१४ र १५ गते यो जोर -बिजोर प्रणाली  लागू हुने निर्णय गरेको  छ। १४ र १५ गते काठमाडौंमा बिमस्टेक सम्मेलन हुँदैछ।

१३ र १५ गते बिजोर मात्र चलाउन पाइने र १४ गते जोर नम्बरका सवारी साधन चल्नेछन्। यो नियम अत्याबश्यक सेवाका सवारी साधनमा भने  लागु हुने छैन। नियम मिचेमा सवारी साधन नियन्त्रणमा लिइने ट्राफिक महाशाखाका एसएसपी बसन्त पन्तले बताए।

तीन दिनसम्म ६ देशका राष्ट्रप्रमुखहरुको आवातजावात हुने भएकाले जोर बिजोर प्रणालीमार्फत यातायात व्यवस्थापनमा सहजीकरण गर्न लागिएको एसएसपी पन्तले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?