नेपाललाई चौँथो सफलता, दश अाेभरकाे खेल सकिँदा खेलमा नेपाल हावी !
सारांश
- काठमाडौँ, १० भदौ ।
- नेपालले आफ्नो तेस्रो तथा अन्तिम अभ्यास खेलमा पहिले बलिङ गर्दै चौँथो सफलता हात पारेको छ ।
- श्रृलंकाको स्थानिय क्लब कोल्ट क्रिकेट क्लबसँग अभ्यास खेल खेलिरहेको नेपालले नवौँ ओभरमा चौँथो सफलत हात पारेको हो ।
काठमाडौँ, १० भदौ । नेपालले आफ्नो तेस्रो तथा अन्तिम अभ्यास खेलमा पहिले बलिङ गर्दै चौँथो सफलता हात पारेको छ । श्रृलंकाको स्थानिय क्लब कोल्ट क्रिकेट क्लबसँग अभ्यास खेल खेलिरहेको नेपालले नवौँ ओभरमा चौँथो सफलत हात पारेको हो । नेपालका लागि करन केसीले र सोमपाल कामीले २÷२ विकेट लिएका छन् ।
टस जितेर ब्याटिङमा उत्रेको कोल्ट क्लबले १० ओभरको खेल सकिँदा ४ विकेट गुमाएर ४९ रन बनाएको छ ।
नेपाल एक साता देखि एसिया कप छनोट प्रतियोगिताका लागि तयारीका क्रममा श्रृलंकामा अभ्यासरत छ । नेपालले आफ्नो पछिल्ला दुई खेलमा जित हात पारेको थियो । भने प्रतियोगिताका लागि सोमबार मलेसिया प्रस्थान गर्नेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया