काठमाडौंमा विमानहरु जुनसुकै वेला अपहरणमा पर्नसक्ने सूचना प्राप्त भएपछि…
सारांश
- काठमाडाै, २४ भदाै ।
- काठमाडौंमा उडान भर्ने विमानहरु जुनसुकै वेला अपहरणमा पर्नसक्ने सूचना प्राप्त भएपछि विमानको सुरक्षामा कडाई गरिएको छ।
- विशेषगरी भारत र अफगानिस्तानले विमान सुरक्षाका लागि विशेष सुरक्षाकर्मीहरु खटाएका छन्।
काठमाडाै, २४ भदाै । काठमाडौंमा उडान भर्ने विमानहरु जुनसुकै वेला अपहरणमा पर्नसक्ने सूचना प्राप्त भएपछि विमानको सुरक्षामा कडाई गरिएको छ। विशेषगरी भारत र अफगानिस्तानले विमान सुरक्षाका लागि विशेष सुरक्षाकर्मीहरु खटाएका छन्। सुरक्षाकर्मी तथा विमान एजेन्सीहरुलाई खुफिया एजेन्सीले त्यस अपहरणको सूचना दिएको आइतबार ‘हिन्दुस्तान टाइम्स’ले जनाएको छ।
सूचनापछि भारत र अफगानिस्तानले नेपाल आउने जहाजहरुमा तैनाथ गरिँदै आएको सेनाको संख्यामा बृद्धि गरेको छ। उनीहरुलाई समान्य कपडामा प्लेनभित्र यात्रुको सुरक्षाका लागि खटाइएको छ। विमानभित्र खटिएका विशेष सुरक्षाकर्मीहरुको पहिचानलाई गोप्य राखिएको छ। मुख्यगरी काबुलदेखि काठमाडौं उडान भर्ने विमानहरुमा धेरै सुरक्षाकर्मीहरु खटाइएको जनाइएको छ।
सन् १९९९ मा पाकिस्तानका आतंककारी समुह ‘हरकात उल मुजाहिदिन’ले दिल्लीदेखि काठमाडौंका लागि उडेको इन्डियन एयरलाइन्सको विमान अपहरण गरेपछि भारतले विशेष सुरक्षादललाई विमानमा खटाउन थालेको थियो।
प्रतिक्रिया