बेगनास तालमा ६ जनाको शव भेटियाे!

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
३० पटक हेरिएको
Shares
बेगनास तालमा ६ जनाको शव भेटियाे!

सारांश

  • कास्की, २४ भदाै।
  • कास्कीको बेगनास तालमा शनिबार डुंगा डुब्दा बेपत्ता ६ जनाको शव आइतबार भेटिएको छ।
  • तालमा हराइरहेका ३२ वर्षीय रवि खनाल, ७ वर्षका शंकर खनाल, ८ वर्षका शिव खनाल, ५ वर्षका प्राचीन पौडेल, १८ वर्षकी मनिषा बजगाईं र ४ वर्षीय रन्जित गैरेको शव फेला परेकोे हो।

कास्की, २४ भदाै। कास्कीको बेगनास तालमा शनिबार डुंगा डुब्दा बेपत्ता ६ जनाको शव आइतबार भेटिएको छ।तालमा हराइरहेका ३२ वर्षीय रवि खनाल, ७ वर्षका शंकर खनाल, ८ वर्षका शिव खनाल, ५ वर्षका प्राचीन पौडेल, १८ वर्षकी मनिषा बजगाईं र ४ वर्षीय रन्जित गैरेको शव फेला परेकोे हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डिएसपी रवीन्द्रमान गुरुङले पहिलो शव पौने १० बजे र अन्तिम शव मध्याह्न १२ बजे भेटिएको जानकारी दिए।

घटनालगत्तै उद्धार गरिएका चार जनामध्ये उपचारका क्रममा दुई जनाको शनिबारै मृत्यु भएको थियो । डिएसपी गुरुङका अनुसार पोखरा उपमहानगरपालिका-२८ की कृष्णकुमारी बजगाईं र तनहुँ भिमादकी जानुका गैरेको मृत्यु भएको हो। दुर्घटनामा परेका सरला खनाल र निशा पौडेल उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ। दुर्घटनाको एकिन कारण खुलेको छैन। डिएसपी गुरुङले भने, ‘बच्चाहरू आपसमा चल्दा दुर्घटना भएको पनि अनुमान छ भने डुंगामा पानी पसेर डुंगा डुबेको हो भन्ने आशंका पनि गरिएको छ।’

प्रहरीका अनुसार डुंगा सयर गर्दा लाइफ ज्याकेट लाउनुपर्ने भए पनि उनीहरूले लगाएका थिएनन्। लाइफ ज्याकेटले पानीमा डुब्नबाट बचाउने काम गर्छ। ‘तर, पारिवारीक जमघट भएकाले उनीहरूले लाइफ ज्याकेट पनि लगाएको देखिएन,’ डिएसपी गुरुङले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?