उदयपुर मा ग्रासरुट फुटबल कार्यक्रम सुरु हुदै
सारांश
- उदयपुर ३०,भदौ ।
- अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबारबाट ग्रासरुट फुटबल कार्यक्रम सुरु गर्दैछ ।
- नेपाली फुटबल विकासको लागि फिफाको सहयोगमा तल्लो तहबाट फुटबल विकास गर्न एन्फाले शनिबार देखि आफ्ना ४५ सदस्य जिल्ला हरु मा ग्रासरुट फुटबल कार्यक्रम सुरु गर्न लागेको हो ।
उदयपुर ३०,भदौ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबारबाट ग्रासरुट फुटबल कार्यक्रम सुरु गर्दैछ ।नेपाली फुटबल विकासको लागि फिफाको सहयोगमा तल्लो तहबाट फुटबल विकास गर्न एन्फाले शनिबार देखि आफ्ना ४५ सदस्य जिल्ला हरु मा ग्रासरुट फुटबल कार्यक्रम सुरु गर्न लागेको हो । शनिबार बाट ग्रासरुट कार्यक्रम सुरु हुने भएपनि औपचारिक उद्घाटन पछि हुने एन्फाका प्रवक्ता किरण राईले बताए ।
उदयपुर को गाईघाटमा आज सनिबार दिउसो ३ बजे बाट कार्यक्रम सुरु हुदैछ,उदयपुर फूटबल संघ एन्फा का जिल्ला अध्यक्ष रन्जन कार्की का अनुसार कार्यक्रममा ६ देखि १२ बर्षसम्मका बालबालिका सहभागी हुनेछन् । यस कार्यक्रममा सिनियर खेलाडीले खेल्ने फुटबल नियम लागु हुँदैन । बालबालिकालाई मनोरन्जनात्मक तरिकाले फुटबल खेल्न सिकाईन्छ ।
एन्फाले ग्रासरुट फुटबल गतिविधि बढाउन, मैदानको मर्मत लगायतको कार्य गर्न ४५ वटै जिल्लामा आर्थिक सहयोग र खेलकुद सामग्रीहरु प्रदान गरेको छ ।एन्फाले सुगम जिल्लालाई ५ लाख नगद र एक लाख बराबरको खेलकुद सामग्री प्रदान गरेको छ । यस्तै दुर्गम जिल्लाको लागि एन्फाले १० लाख नगद र १ लाख बराबरीको खेल सामग्री प्रदान गरेको छ।
प्रतिक्रिया