कतै तपाइको बैक खाता सङ्गै एटिएम त ह्याक भएको छैन ???

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २३, २०७३
|
|
१६४ पटक हेरिएको
Shares
कतै तपाइको बैक खाता सङ्गै एटिएम त ह्याक भएको छैन ???

सारांश

  • अन्तराष्ट्रिय ह्याकरहरुले हजारौं नेपालीको एटिएमको डाटा ह्याक गरिसकेको खुलेको छ ।
  • दुई हप्ताको बीचमा दुई वटा बिदेशी समूह पक्राउ परेका छन् ।
  • उनीहरुमाथि अनुसन्धान गर्दा धेरै नेपालीहरुको एटिएम ह्याक भइसकेको हुनसक्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

अन्तराष्ट्रिय ह्याकरहरुले हजारौं नेपालीको एटिएमको डाटा ह्याक गरिसकेको खुलेको छ । दुई हप्ताको बीचमा दुई वटा बिदेशी समूह पक्राउ परेका छन् । उनीहरुमाथि अनुसन्धान गर्दा धेरै नेपालीहरुको एटिएम ह्याक भइसकेको हुनसक्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
आइतबार मात्र ब्यूरोले तीन जना रोमानियन ह्याकरलाई पक्राउ गरेको छ । उनीहरुले ठमेलको एक एटिएम बुथमा गोप्य क्यामरा र स्क्रामर मेसिन जडान गरी नक्कली एटिएम बनाएर पैसा निकाल्दै आएको छ । डाटा र पिन नम्बर समेत चोरी गर्ने भएकाले उनीहरुले बिदेशमा बसेर समेत पैसा चोर्न सक्ने भएकाले पिन नम्बर परिवर्तन गर्न आवश्यक रहेको सिआईबीका डिआईजी नवराज सिलवालले बताए । ‘सुरक्षाका लागि सबैले एटिएम ह्याकर परिवर्तन गर्नु हामी सुझाव दिन्छौं,’ डिआईजी सिलवालले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने,‘बिश्वभरी नै एटिएम ह्याकरहरु सक्रिय भएकाले एटिएम प्रयोगकर्ताहरुले बिशेष ध्यान दिनुपर्ने देखिएको छ ।’

hack-chip-pin-credit-card

    एटिएम चोरीबाट कसरी बच्ने ?
ATM बुथबाट रकम निकाल्दा वरपर कतै अस्वभाविक उपकरणहरु वा Genuine Parts बाहेकका उपकरणहरु जडान भए-नभएको यकिन गरेर मात्रै Card REPLACE गरी PIN Entry गर्ने  ।

  • कुनै ATM बुथमा अस्वभाविक उपकरण जडान भए नभएको यकिन गर्न एक-अर्को ATM बुथसँग तुलना पनि गर्न सकिन्छ ।
  • ATM बुथ भित्र विशेषगरी Key pad नजिक प्वाल पारिएको जस्तो  देखिएमा सो प्वालभित्र Pinhole camera जडान गरिएको हुनसक्दछ ।
  • कार्डको magnetic stripe मा रहेको Data लाई copy गर्न Genuine Card slot  बाहे अन्य Card slot पनि जडान गरिएको हुन सक्दछ । एक भन्दा बढी card slot देखिएमा सो ATM बुथबाट कारोबार नगर्ने ।
  • तपाईले ATM बुथबाट कारोबार गर्ने क्रममा  तपाईले सही PIN Entry गर्नुभएको छ र तपाईको खातामा पर्याप्त Balance पनि छ तर पनि Machine बाट रकम निस्कदैन भने तपाईले नक्कली Card slot मा आफ्नो कार्ड प्रवेश गराउनुभएको हुनसक्दछ । यदि तपाईले आफ्नो card नक्कली Card slot मा प्रवेश गराएको थाहा पाउनुभयो भने तत्काल अर्को ATM बुथमा गई PIN परिवर्तन गर्ने ।
  •  Key pad अस्वभाविक जस्तो लागेमा तथा machine मा राम्रोसँग फिट नभएको जस्तो लागेमा सोबाट PIN Entry नगर्ने ।
  • ATM बुथ भित्र उल्लेखित अस्वभाविक उकरणहरु जडान गरिएको देखेमा तत्काल नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित बैंकमा खबर गर्ने ।
  • PIN Entry गर्ने क्रममा कोही कसैले देखे-नदेखेको यकिन गरेर मात्र कार्ड REPLACE गरी PIN entry गर्ने ।
  • हातले छोपेर सुरक्षित तवरले PIN Entry गर्ने ।
  • बैंकबाट SMS Alert सुविधा लिने ।
  • आफुले गर्दै नगरेको कारोबारका बारेमा Mobile मा SMS Alert तथा खाता विवरणबाट देखिएमा तत्काल सम्बन्धित बैंकमा खबर गर्ने ।
  • समय- समयमा PIN परिवर्तन गरिरहने ।
  • आफ्नो ATM Card सकभर कसैलाई प्रयोग गर्न नदिने, कसैलाई नदेखाउने तथा PIN कसैलाई Share नगर्ने ।
  • बैंकले ATM बुथ भित्र तथा बाहिरको गतिविधि सुक्ष्म रुपमा CCTV मार्फत निगरानी गर्नुपर्ने र अस्वभाविक तथा शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई खबर गर्नुपर्ने ।
  • Magnetic Stripe कार्ड भन्दा तुलनात्मक रुपमा सुरक्षित EMV Chip Card हरु नेपालका बैंकहरुले यथाशीघ्र प्रचलनमा ल्याउनुपर्ने ।

 

 

श्रोत :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमाणीकरणको लागी स्वास्थ्य सस्थामा अनुगमन
प्रमाणीकरणको लागी स्वास्थ्य सस्थामा अनुगमन
आजदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द
आजदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द
Salman Khan and Jacqueline Fernandez starrer ‘Race 3’ new song ‘I Found Love’ is a romantic number!
Salman Khan and Jacqueline Fernandez starrer ‘Race 3’ new song ‘I Found Love’ is a romantic number!
आज सुनको मूल्य रु चौबीस सयले बढ्यो, प्रतितोला रु ९७ हजार ८००
आज सुनको मूल्य रु चौबीस सयले बढ्यो, प्रतितोला रु ९७ हजार ८००
सरकारले चीनसँग जोडिएका नाकालाई खुलाउँदै लैजाने नीति लिएको छ: प्रदीप ज्ञवाली
७ मन्त्रीले दिए सामूहिक राजिनामा
७ मन्त्रीले दिए सामूहिक राजिनामा
बेइजिङमा विजनेस समिट : नेपालमा चिनियाँ लगानी आह्वान
बेइजिङमा विजनेस समिट : नेपालमा चिनियाँ लगानी आह्वान
नगरपालिका सङ्घमा ब्याञ्जु, कुन प्रदेशमा कसको नेतृत्व?
नगरपालिका सङ्घमा ब्याञ्जु, कुन प्रदेशमा कसको नेतृत्व?
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
आज उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
आज उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना