प्रदेश नम्बर ७: प्रदेशको नाम खप्तड र राजधानी कैलालीको गोदावारी !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
४७ पटक हेरिएको
Shares
प्रदेश नम्बर ७: प्रदेशको नाम खप्तड र राजधानी कैलालीको गोदावारी !

सारांश

  • काठमाडौ, ९ असोज ।
  • प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामांकनको प्रतिवेदन मंगलबार प्रदेश सभामा पेश हुने भएको छ।
  •  स्थायी राजधानी र नामांकनका लागि गठित विशेष सुझाव समितिले सभामुखलाई प्रतिवेदन बुझाएको एक महिना चार दिनपछि उक्त प्रस्ताव प्रदेश सभामा पेश हुन लागेको हो।

काठमाडौ, ९ असोज । प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामांकनको प्रतिवेदन मंगलबार प्रदेश सभामा पेश हुने भएको छ। स्थायी राजधानी र नामांकनका लागि गठित विशेष सुझाव समितिले सभामुखलाई प्रतिवेदन बुझाएको एक महिना चार दिनपछि उक्त प्रस्ताव प्रदेश सभामा पेश हुन लागेको हो।

मंगलबार दिउँसो ३ बजेको प्रदेश सभामा प्रतिवेदन पेश गर्ने तयारी भइरहेको प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले  बताए। भदौ ५ गते संसदीय समितिले सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन पेश गरेको थियो। उक्त प्रतिवेदनमा प्रदेशको नाम खप्तड र राजधानी कैलालीको धनगढी उपमहानगरदेखि गोदवारीसम्म उपयुक्त ठाउँमा राख्न प्रस्ताव गरिएको बताइएको छ।प्रतिवेदन प्रदेश सभामा पेश भएको २४ घण्टापछि मात्र प्रदेश सभामा प्रतिवेदनमाथि छलफल शुरु हुने छ। यसअघि सोमबार सभामुख थापाले कर्मचारीसँग संसदीय समितिको सुझाव प्रदेश सभामा पेश गर्ने विषयमा छलफल गरेका थिए।

प्रदेश सभाका सदस्यहरुले राजधानी र नामांकनका लागि थप प्रस्ताव तथा संशोधन हाल्न पाउने छन्। प्रदेश सभामा सहमति नभए प्रदेशको नाम र राजधानीको टुंगो बहुमतबाट लाग्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकै लामो कपाल भएकी किशोरी
विश्वकै लामो कपाल भएकी किशोरी
बहुउद्देश्यीय आयोजनामा ध्यान केन्द्रित गर्दै सरकार
बहुउद्देश्यीय आयोजनामा ध्यान केन्द्रित गर्दै सरकार
आज थप ३० जना कोरोना संक्रमितको मृत्यु, कुल मृतकको सख्या १०३४ पुग्यो
आज थप ३० जना कोरोना संक्रमितको मृत्यु, कुल मृतकको सख्या १०३४ पुग्यो
प्रधानमन्त्री र मन्त्रीहरु साधुको शरणमा !
प्रधानमन्त्री र मन्त्रीहरु साधुको शरणमा !
बजेट कार्यान्वयनका लागि आवश्यक तयारी गर्न प्रमुख सचिवको निर्देशन
बजेट कार्यान्वयनका लागि आवश्यक तयारी गर्न प्रमुख सचिवको निर्देशन
नेकपाभित्र विवाद, कारण प्रधानमन्त्री अाेलिकि ‘साली’
नेकपाभित्र विवाद, कारण प्रधानमन्त्री अाेलिकि ‘साली’
अहिलेकै राजनीतिक गोलचक्करबाट जनताको विश्वास हासिल गर्न चुनौती छ : सापकोटा
अहिलेकै राजनीतिक गोलचक्करबाट जनताको विश्वास हासिल गर्न चुनौती छ : सापकोटा
उमेर विवादमा बर्हिगमनमा परेका पूर्व प्रधानन्यायाधीश पराजुलीका काम सदर
उमेर विवादमा बर्हिगमनमा परेका पूर्व प्रधानन्यायाधीश पराजुलीका काम सदर
मिटरब्याज पीडितलाई न्याय दिलाइ छाड्छौँ  : उपप्रधानमन्त्री श्रेष्ठ
मिटरब्याज पीडितलाई न्याय दिलाइ छाड्छौँ : उपप्रधानमन्त्री श्रेष्ठ
चुनावी गठबन्धन र तालमेल गर्ने राप्रपाको निर्णय, को सँग मिल्ला