पप्पु कन्सट्रक्सनका प्रमुखलाई पक्राउ पूर्जी जारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
२० पटक हेरिएको
Shares
पप्पु कन्सट्रक्सनका प्रमुखलाई पक्राउ पूर्जी जारी

सारांश

  • काठमाडौँ, ९ असाेज।
  • दर्जनौँ निर्माणको ठेक्का दिएर समयमा निर्माण सम्पन्न नगरेको आरोप लाग्दै आएको निर्माण कम्पनी पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियार पक्राउ गर्न रौतहट जिल्लाले पक्राउ पूर्जी जारी गरेको छ।
  • भदौ ९ गते रौतहटको लाल बकैया नदीमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका प्रमुखलाई बोलाइएको थियो ।

काठमाडौँ, ९ असाेज। दर्जनौँ निर्माणको ठेक्का दिएर समयमा निर्माण सम्पन्न नगरेको आरोप लाग्दै आएको निर्माण कम्पनी पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियार पक्राउ गर्न रौतहट जिल्लाले पक्राउ पूर्जी जारी गरेको छ। भदौ ९ गते रौतहटको लाल बकैया नदीमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका प्रमुखलाई बोलाइएको थियो ।भदौ ९ गते टिकुलियामा रहेको लाल बकैया नदीमा २९ जना सवार डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो। निर्माधाीन पुलको पिल्लरमा ठोक्किएर डुङ्गा फुट्दा दुर्घटना भएको र समयमै पुल निर्माणको काम नसक्ने कम्पनी दोषी भएका भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए।

तर, रौनियार अनुपस्थित भएपछि जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको हो । जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय रौतहटमा पुगेको छ।जिल्ला प्रहरीले उनलाई पटक पटक सम्पर्क गरि हाजिर हुन आउन अनुरोध गर्दै आएको थियो। तर बेवास्ता गरे पछि जिल्ला अदालतबाट आदेश लिएर अध्यक्ष रौनियार माथि पक्राउ पुर्जी जारी गरेको हो।

निर्माण कम्पनीको चरम लापरवाहीका कारण स्थानियले अकालमै ज्यान गुमाउनु परेपछि लापरवाही गर्ने पप्पु कन्सन्ट्रक्सनविरुद्ध मुद्दा दायर भएको थियो ।२०७४ अषाढ सम्ममा निर्माण सम्पन्न हुनु पर्ने पुलको ५० प्रतिशत पनि काम भएको छैन । पाँच वटा पिल्लर बाहेक अरु कुनै पनि संरचना बनेको छैन । २०७१ साल कार्तिक २९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौर नगरपालिका–४ टिकुलिया घाटस्थित लाल बकैया नदीमा पक्की पुलको शिलान्यास गरेका थिए । २२५ मिटर लामो पुल १६ करोड ८६ लाखको लागतमा निर्माण हुने तय गरिएको थियो ।

पछिल्ला दिनमा पप्पुको बदमासी दिनप्रतिदिन सार्वजनिक हुन थालका छन् । अन्य धेरै भौतिक संरचना निर्माणको ठेक्का लिने तर समयमा काम नसक्ने गरेपछि पप्पुको कर्तुत सार्जजनिक हुन थालेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘नीरफूल’को विशेष प्रदर्शनी
‘नीरफूल’को विशेष प्रदर्शनी
हेलिकोप्टर दुर्घटना:जिवितै भेटिइ डोल्माआनी ,६ जनाको मृत्यु
हेलिकोप्टर दुर्घटना:जिवितै भेटिइ डोल्माआनी ,६ जनाको मृत्यु
सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दंग छौं’
सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दंग छौं’
एमाले माओवादी कार्यकर्ता बिच कुटाकुट ।
एमाले माओवादी कार्यकर्ता बिच कुटाकुट ।
राजपाले चुनाव जिते महिलालाई आधा तोला सुन दाइजो !  (यस्तो छ घोषणापत्र)
राजपाले चुनाव जिते महिलालाई आधा तोला सुन दाइजो ! (यस्तो छ घोषणापत्र)
सर्वोच्च अदालतमा घुस खाए सात पुस्तालाई पिरोल्ने यन्त्र
सर्वोच्च अदालतमा घुस खाए सात पुस्तालाई पिरोल्ने यन्त्र
विकास र समृद्धिमा सहकार्य हुन्छ, ओली राष्ट्रवादी नेता हुनुहुन्छ: राजेन्द्र लिङ्देन
भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायद्वारा राजीनामा
भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायद्वारा राजीनामा
एमालेको संकल्प यात्राका उपलब्धि सार्वजनिक
एमालेको संकल्प यात्राका उपलब्धि सार्वजनिक
बालुवा चोरी गर्ने १३ ट्रक प्रहरी नियन्त्रणमा

तपाईंले छुटाउनुभयो कि?