ओली र नेपाल फर्केपछि के होला? नेकपाको विवाद !
सारांश
- काठमाडाै, १८ असाेज ।
- प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपाल आज स्वदेश फर्कदै छन्।
- संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री ओली आज दिउँसो ३ बजे स्वदेश फर्कन लागेका हुन भने मानार्थ प्रोफेसरको उपाधि लिन यही असोज १४ गते चीन उडेका नेपाल पनि आजै राति १० बजे स्वदेश फर्कँदै छन्।
काठमाडाै, १८ असाेज । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपाल आज स्वदेश फर्कदै छन्। संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री ओली आज दिउँसो ३ बजे स्वदेश फर्कन लागेका हुन भने मानार्थ प्रोफेसरको उपाधि लिन यही असोज १४ गते चीन उडेका नेपाल पनि आजै राति १० बजे स्वदेश फर्कँदै छन्।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै जना बाहिर रहेको समयमा वरिष्ठ नेता नेपालले पार्टी र सरकारको कडा आलोचना गरेपछि त्यसले नेकपामा मात्रै नभएर राष्ट्रिय अन्तराष्ट्रिय रुपमा नयाँ तरङ ल्याएको थिए। नेपालको आलोचनापछि प्रधानमन्त्री ओलीले त्यसको उत्तैबाट कडा जवाफ फर्काएपछि त्यसले नेकपाको विवादलाई थप उत्कर्षमा पु¥याएको थियो। नेपालले सदनमा सरकारको र स्थायी समितिको भेला नै डाकेर पार्टीको कडा रुपमा आलोचना गरेका थिए। उनले सडकमा सरकारका कामकारबाही जनमुखी नभएको र जनताले दुईतिहाइको सरकार भएको अनुभव गर्न नपाएको धारणा राख्दै सरकारका गतिविधि हेर्दा आफ्नै पार्टीको सरकार भन्न पनि लाज लाग्ने अवस्था सिर्जना भएको भन्दै सरकारको आलोचना गरेका थिए। त्यस्तै पार्टी स्थायी समितिको भेलामा उनले पार्टी संस्थागत ढंगले नचलेको र दुई अध्यक्षको हुकुमी शैलीले पार्टीलाई कमजोर बनाउँदै लगेको, विधानविपरीत गएर निर्णय हुन थालेको भन्दै अध्यक्षहरुको कार्यशैलीको आलोचना गरेका थिए।
नेपालले आफ्नो अनुपस्थितिमा असोज ५ गते सचिवालयको बैठकले पार्टी विधानविपरीत निर्णय गरेको भन्दै त्यसमा असन्तुष्टि जनाएका थिए। नेपालको आलोचना पार्टी हितविपरीत भएको भन्दै ओली पक्षीय नेता कार्यकर्ताले त्यसको कडा आलोचना गर्दै आइरहेका छन्। उनीहरुले नेपालको अभिव्यक्ति पार्टी हितविपरीत मात्रै नभएर एकताको समेत विरुद्धमा रहेको आरोप लगाउँदै आएका छन्।
के होला त विवाद?
पार्टीका दुवै अध्यक्ष बाहिर रहेको र सरकार र पार्टीको कडा आलोचना गरेर चीन प्रस्थान गरेका नेपाल स्वदेश फर्केपछि नेकपाको विवाद के होला भन्ने अहिले चासोको विषय बनेको छ।नेपाल चीन जानु अगाडि नै श्रीमती सिता दाहालको उपचारका लागि सिंगापुर पुगेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीसँग फोन वार्ता गरेका थिए। फोनमा अध्यक्ष प्रचण्डले पार्टीभित्र रहेका विवाद र सरकारको कार्यशैलीका बारेमा पार्टीको बैठक बसेर समस्याको समधान गर्ने भन्दै विवाद अगाडि नबढाउन अनुरोध गरेका थिए। प्रचण्डले नेपालले उठाएको कुरा जायज रहेको भन्दै असोज ५ गते सचिवालयले गरेको निर्णय सच्याउन सकिने बताएका थिए।
विवाद समधानका लागि अध्यक्ष प्रचण्डले सिंगापुरबाट पहल थालेकै दिन नेपाल चीन प्रस्थान गरेका थिए। दुवै अध्यक्ष र आलोचना गर्ने शीर्ष नेता पनि बाहिर भएपछि यहाँ त्यसको तरंगमात्रै बाँकी थियो। अव अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल स्वदेश फर्केपछि विवाद के होला भन्ने विषय आम चासोको विषय बनेको छ। नेपाल पक्षीय एक नेताले विवाद समधानको दिशामा जाने दावी गरे। नेपालले उठाएको प्रश्न गलत मनासयबाट नभइ पार्टीको हित अनुकूलको भएको र नेपालको चासो पार्टी पार्टीलाई अग्रगति दिँदै एकतालाई निष्कर्षमा पु¥याउने हिसावले आएको बताए। उनले पार्टीमा समस्या रहेको र त्यसको समधान गर्न दुवै पक्ष लचक भएर अगाडि बढ्नुको विकल्प नभएको बताए। ‘अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल दुवै लचक बनेर समस्या समधानको दिशामा जानुको विकल्प छैन’, उनले भने।
पार्टी एकता नटुंगिदै पार्टीमा देखिएको विवादल फुटको अवस्था निम्त्याउन सक्ने भन्दै ओली नेपाल दुवै पक्षका नेताहरुले समस्याको समधान खोज्न दुवै लचक बन्नुपर्ने सुझाब दिएका छन्।दुवै नेता स्वदेश फर्केपछि एक दुई दिनमै सचिवालयको बैठक डाकेर समधानको दिशमा अगाडि बढ्ने नेकपाका एक नेताले बताए।
प्रतिक्रिया