नेकपाको आज बस्ने सचिवालय वैठकले के निर्णय गर्ला !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २१, २०७५
|
|
१९ पटक हेरिएको
Shares
नेकपाको आज बस्ने सचिवालय वैठकले के निर्णय गर्ला !

सारांश

  • काठमाडौं ।
  • पार्टी एकतापछि तल्लो तह एकता नटुंगिदै विवाद चलिरहेका बेला नेकपाको सचिवालय वैठक आज बस्दैछ ।
  • पार्टीभित्रको आन्तरिक एकता, सरकारको कामका विषयमा असन्तुष्टि भइरहेको पार्टीको सचिवालय बैठक आज बस्न लागेको हो ।

काठमाडौं । पार्टी एकतापछि तल्लो तह एकता नटुंगिदै विवाद चलिरहेका बेला नेकपाको सचिवालय वैठक आज बस्दैछ । पार्टीभित्रको आन्तरिक एकता, सरकारको कामका विषयमा असन्तुष्टि भइरहेको पार्टीको सचिवालय बैठक आज बस्न लागेको हो ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विदेश गएको बेला सरकारका कामबारे नेता माधवकुमार नेपालले संसदमै असन्तुष्टि व्यक्त गरेका थिए । नेता नेपालको असन्तुष्टि सार्वजनिक भएपछि नेकपाभित्र विवाद देखिएको हो ।

बैठकमा पार्टीभित्र देखिएका असन्तुष्टि र प्रदेश, जिल्ला तहका एकताका विषयमा छलफल हुने जनाइएको छ।

पार्टीका तल्ला तहका समितिमा एकता नहुँदा अन्यौल देखिएको छ । समितिमा जिम्मेवारी लिने विषयमा समेत गुट उपगुट देखा परेपछि तीन महिनाभित्र हुने भनेको एकता लम्बिँदै गएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?