संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन सकेनः देउवा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन सकेनः देउवा

सारांश

  • चितवन, २६ असोज ।
  • नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन भए पनि संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन नसकेको बताउनुभएको छ ।
  • नेपाल प्रेस युनियन चितवनद्वारा आज यहाँ आयोजित प्रेस युनियन मैयाँदेवी सूचना केन्द्र भवनको उद्घाटन, चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण र प्रेस युनियन चितवनको आठौंँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता देउवाले संविधानले सम्पूर्ण नेपालीको अधिकारको व्यवस्था गरेको र कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण कुरा भएकामा जोड दिनुभयो ।

चितवन, २६ असोज । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन भए पनि संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनद्वारा आज यहाँ आयोजित प्रेस युनियन मैयाँदेवी सूचना केन्द्र भवनको उद्घाटन, चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण र प्रेस युनियन चितवनको आठौंँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता देउवाले संविधानले सम्पूर्ण नेपालीको अधिकारको व्यवस्था गरेको र कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण कुरा भएकामा जोड दिनुभयो ।

काङ्ग्रेस सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै उहाँले भन्नुभयो,“प्रेस स्वतन्त्रता, मौलिक अधिकार र लेख्ने बोल्ने स्वतन्त्रताको पक्षमा कुनै पनि किसिमको बन्देज लगाउन पाइँदैन ।” उहाँले कुनै पनि हालतमा प्रेस स्वतन्त्रता हनन हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “प्रेस युनियन स्वतन्त्र निकाय हो । तपाईँहरुलाई पार्टीबाट अङ्कुश लगाउने काम हुँदैन ।” सभापति देउवाले रु ५५ लाखको लागतमा नवनिर्मित ‘नेपाल प्रेस युनियन मैयाँदेवी सूचना केन्द्र’ भवनको पनि उद्घाटन गर्नुभयो । कार्यक्रममा काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले लोकतन्त्रमा पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा रु ५१ हजार १५१ राशिको चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७२ बाट किशोर नेपाल, २०७३ बाट कुलचन्द्र वाग्ले र २०७४ बाट तेजप्रकाश पण्डितलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी रु ११ हजार १११ को क्रियाशील पत्रकारिता पुरस्कार ‘नारायणी अनलाइन’का राजु चौधरीलाई प्रदान गरियो । कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, प्रदेशसभा सदस्य गीता वाग्ले, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, पुरस्कारदाता प्रमोदकुमार श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी, नेपाल ट्रेड युनियन काङ्ग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा भवन निर्माण गर्न जग्गादान गर्ने समाजसेवी मैयादेवी श्रेष्ठलगायत आर्थिक सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो । युनियनको आठाँैं जिल्ला अधिवेशन आजदखि शुरु भएको छ । शनिबार नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न हुने छ ।

(stellardental.my)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘प्रचण्ड’को सुरक्षाका लागि ५९ प्रहरी: नयाँ बर्डिगाडको कमाण्ड डिएसपी राठोरलाई
‘प्रचण्ड’को सुरक्षाका लागि ५९ प्रहरी: नयाँ बर्डिगाडको कमाण्ड डिएसपी राठोरलाई
युवासंघ नेपालले भाद्रमा अाफ्नो राष्ट्रिय महाँधिबेसन् गर्दै ।
युवासंघ नेपालले भाद्रमा अाफ्नो राष्ट्रिय महाँधिबेसन् गर्दै ।
स्वास्थ्य मन्त्रि उपेन्द्र यादवको नजर राज्यमन्त्री अर्यालको ‘क्वार्टर’मा  !
स्वास्थ्य मन्त्रि उपेन्द्र यादवको नजर राज्यमन्त्री अर्यालको ‘क्वार्टर’मा !
समायोजनका लागि २६ हजार कर्मचारीले अनलाइनमा नाम दर्ता गराए
समायोजनका लागि २६ हजार कर्मचारीले अनलाइनमा नाम दर्ता गराए
दीपिका पादुकोणले लगाएको बिकिनीको रङ्गका कारण नयाँ चलचित्र विवादमा
दीपिका पादुकोणले लगाएको बिकिनीको रङ्गका कारण नयाँ चलचित्र विवादमा
मंसिर ३ गते पुनः बस्नेगरि नेकपा सचिवालय बैठक सम्पन्न, आज यी विषयमा छलफल भयो
मंसिर ३ गते पुनः बस्नेगरि नेकपा सचिवालय बैठक सम्पन्न, आज यी विषयमा छलफल भयो
कहाँ छन नवराज सिलवाल ? पुगे कै हुन त  अमेरिका ?
कहाँ छन नवराज सिलवाल ? पुगे कै हुन त अमेरिका ?
प्रदेश २ को सबै निर्वाचन परिणाम सार्वजनिक , हेर्नुहोस कस्ले कहाँ जिते लिस्ट सहित
प्रदेश २ को सबै निर्वाचन परिणाम सार्वजनिक , हेर्नुहोस कस्ले कहाँ जिते लिस्ट सहित
तेलको मुल्य वढ्दा एकै दिनमा मुल्य वढाउने निगम घट्दा महिनौ दिन देखि चुपचाप
तेलको मुल्य वढ्दा एकै दिनमा मुल्य वढाउने निगम घट्दा महिनौ दिन देखि चुपचाप
संवैदानिक अंगमा सरकारको दुई तिहाइको दम्भ — नेता पौडेल
संवैदानिक अंगमा सरकारको दुई तिहाइको दम्भ — नेता पौडेल

तपाईंले छुटाउनुभयो कि?