सामाजिक सञ्जालमा ‘ठग्स अफ हिन्दोस्तान’को मजाक
सारांश
- एजेन्सी ।
- दिपावलीको अवसरमा रिलिज गरिएको अमिर खान र अमिताभ बच्चन स्टारर चलचित्र ठग्स अफ हिन्दोस्तानको समाजिक सञ्जालमा खुलेर मजाक उडाइँदैछ ।
- चलचित्र रिलिज हुनुभन्दा अघि यसको ठूलो क्रेज थियो ।
एजेन्सी । दिपावलीको अवसरमा रिलिज गरिएको अमिर खान र अमिताभ बच्चन स्टारर चलचित्र ठग्स अफ हिन्दोस्तानको समाजिक सञ्जालमा खुलेर मजाक उडाइँदैछ ।
चलचित्र रिलिज हुनुभन्दा अघि यसको ठूलो क्रेज थियो । तर, रिलिज भएपछि सामालोचकहरुले चलचित्रको राम्रो रिभ्यु दिएका छैनन् । दोस्रोतर्फ सामाजिक सञ्जालमा पनि दर्शकहरुले चलचित्रको खिल्ली उडाउन शुरु गरेका छन् । कयौँले चलचित्रलाई अल्छीलाग्दो, वाहियात र फ्लप रहेको बताइरहेका छन् । योसँगै चलचित्रबारे मिम्स र चुटकिला यतिबेला भाइरल बनेका छन् ।
शाहरुख खानको जिरो पोस्टरलाई शेयर गर्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले चलचित्रलाई ‘जिरो’ रेटिङ दिएका छन् ।
त्यस्तै, चलचित्रलाई २० मिनेट हेरेपछि एक दर्शकले आलिया भट्टको चलचित्र राजीको एक भिडियो सेयर गर्दै आफ्नो प्रतिक्रिया दिएका छन् । त्यसमा आलिया रुँदै गरेको देखिन्छ ।
रेस ३ भन्दा खत्तम
केआरकेले ठग्स अफ हिन्दोस्तानको सार्वजनिक प्रतिक्रियाहरु सेयर गरेका छन् । यसमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘चलचित्रको पहिलो हाफ बेकार छ । स्क्रीनप्ले सुस्त छ । कथा बेकार छ । म थिएटरमा छु र ट्वीटर चलाइरहेको छु । यसबाट नै तपाईं अनुमान गर्न सक्नुहुन्छ चलचित्र कस्तो छ । योभन्दा राम्रो छ रेस–३ थियो । सलमानको रेस ३ लाई आइएमडीबी वेबसाइटले विश्वको १०० घटिया चलचित्रको सूचीमा सामेल गरेको थियो ।
दर्शकले चलचित्र हेरेपछि अमिरको चलचित्र पीकेको एक डायलग सेयर गरेका छन् । जसमा अमिर भन्छन्, ‘मलाई घर जानु छ भगवान, तपाईं जे भन्नु हुन्छ म त्यही गर्छु । बस मलाई घर पुर्याइदिनु ।’ एक मीममा सेक्युरिटी गार्ड दर्शकलाई इन्टरभरको दौरान अमिताभको शो कौन बनेगा करोडपतिको डायलग बोलिरहेका छन् – तपाईं चहानुहुन्छ भने तपाईं छाड्न सक्नुहुन्छ ।
अर्को एक मिममा तपाईंले चलचित्रको साँझको टिकट बुक गर्नु भएको छ भने अमिताभको डायलग उचित छ – आज साँझ ६ बजे आफ्नो मृत्युसँग अप्वाइन्टमेन्ट छ ।




प्रतिक्रिया