जीरोको ट्रेलर हेरेपछि शाहरुख खानका पाँच वर्षीय छोराले उनलाई के भने ?
सारांश
- बलिउडका बादशाह शाहरुख खान अहिले आफ्नो आगामी चलचित्र ‘जीरो’ को प्रमोशनमा व्यस्त छन् ।
- शाहरुखको जन्मदिनका अवसरमा जीरोको ट्रेलर सार्वजनिक भएको थियो ।
- जीरोमा शाहरुख खानको भूमिका यूनिक रहेको छ ।
बलिउडका बादशाह शाहरुख खान अहिले आफ्नो आगामी चलचित्र ‘जीरो’ को प्रमोशनमा व्यस्त छन् । शाहरुखको जन्मदिनका अवसरमा जीरोको ट्रेलर सार्वजनिक भएको थियो । जीरोमा शाहरुख खानको भूमिका यूनिक रहेको छ । चलचित्रको ट्रेलरलाई दर्शकले खुबै मन पराएका छन् ।
बलिउडका कलाकारहरुदेखि लिएर फ्यानहरुले पनि उनको भूमिकाको तारीफ गरेका छन् । उनका छोरा अबराम खानले पनि जीरो को ट्रेलर हेरेर आफ्नो रिएक्शन दिएका छन् । एक अन्तर्वार्तामा शाहरुख खानले भने, ‘अबरामलाई चलचित्रको ट्रेलर खुबै मन परेको छ । ट्रेलर हेर्नेबित्तिकै अबरामले ‘टू गुड’ भने । शाहरुख खानले अगाडि भने, ‘मलाई लाग्छ कि पाँच वर्षको उमेरमा मानिसहरु सामान्य दिमाग प्रयोग गर्ने भइसकेका हुन्छन्, त्यसैले यो मेरो पहिलो चलचित्र हुनेछ जसलाई मेरो छोरा अबरामले बुझ्न सक्नेछन् र उनले चलचित्रका बारेमा आफ्नो धारणा दिन सक्नेछन् ।’
प्रतिक्रिया