डाक्टर केसी अस्वस्थ, इमर्जेन्सीमा भर्ना
सारांश
- काठमाडौँ, ३ मंसिर।
- चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी अस्पताल भर्ना भएका छन्।
- छातीमा दुखाइ बढेपछि सोमबार बिहान उनलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोर्या्सिक विभागको इमर्जेन्सी भर्ना गरिएको छ।
काठमाडौँ, ३ मंसिर। चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी अस्पताल भर्ना भएका छन्। छातीमा दुखाइ बढेपछि सोमबार बिहान उनलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोर्या्सिक विभागको इमर्जेन्सी भर्ना गरिएको छ।
उनका सहयोगी डाक्टर अभिषेकराज सिंहका अनुसार डाक्टर केसीलाई बिहान ४ बजे अस्पताल भर्ना गरिएको हो। चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी १५ पटकसम्म अनसन बसेका छन्।लामो अनसन बसेकाले उनको मुटुमा पहिला पनि केही समस्या देखिएको थियो। सरकारले चिकित्सा शिक्षा विधयेक संसदमा पेस नगरेको भन्दै डाक्टर केसीले केही दिनअघि आफू फेरि अनसन बस्ने बताएका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया