भिडियो एडिटिङ सिक्ने हो ? भिडियो एडिटिङ सम्बन्धी जानकारी अब शिखरन्यूजमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३, २०७५
|
|
४९ पटक हेरिएको
Shares
भिडियो एडिटिङ सिक्ने हो ? भिडियो एडिटिङ सम्बन्धी जानकारी अब शिखरन्यूजमा

सारांश

  • पछिल्लो समय भिडियो एडिटिंगको माग बढ्दो क्रममा छ ।
  • टेलिभिजन, डक्युमेन्टरी, फिल्म, म्यूजिक भिडियो लगायतका क्षेत्रमा अहिले पनि भिज्योल एडिटरको माग निकै रहेको छ ।
  • एडिटिंग गरेरै महिनाको २० हजारदेखि डेढ दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ ।

पछिल्लो समय भिडियो एडिटिंगको माग बढ्दो क्रममा छ । टेलिभिजन, डक्युमेन्टरी, फिल्म, म्यूजिक भिडियो लगायतका क्षेत्रमा अहिले पनि भिज्योल एडिटरको माग निकै रहेको छ । एडिटिंग गरेरै महिनाको २० हजारदेखि डेढ दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ । त्यसैले पनि पछिल्लो समय भिडियो एडिटिंगमा रुची राख्नेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । भिडियो एडिटिंग मुलत प्राविधिक कुरा हो । तर एडिटिंग सेटमा प्राक्टिकलरुपमा जानु पुर्व यसका केही सैद्धान्तिक ज्ञान पनि हासिल गरियो भने निकै एडिटिंग गर्न वा सिक्न सहज हुन्छ ।

भिडियो एडिटिङ फिल्म, डक्युमेन्टरी र टेलिभिजनका लागि एकदमै महत्वपुर्ण प्रक्रिया हो । क्यामेरा पर्सनले छायांकन गरेर ल्याएको भिज्योलहरुलाई सहि तरिकाले छाँटकाँट गरेर एउटा अर्थपुर्ण भिडियोको निर्माण गर्नु नै भिडियो एडिटिङ हो । भिडियो एडिटिङमा दृश्य छाँटकाँट बाहेक इफेक्ट राख्ने, टेक्स्ट जोड्ने, अडियो राख्ने जस्ता कामहरु हुन्छन् । टेलिभिजनका लागि भिडियो एडिटिङ एकदमै महत्वपुर्ण अंग हो, यदी भिडियो एडिटिङ हुँदैन थियो भने टेलिभिजनमा प्रशारण हुने हरेक दृश्य लाइव गर्नु पर्ने हुन्थ्यो जुन सबै ठाउँमा सम्भव हुँदैन ।

भिडियो एडिटिङका बेसिक सिद्धान्त ः
भिडियो एडिटिङ गर्नलाई केही आधारभुत सिद्धान्तहरु छन् र ती आधारभुत सिद्धान्तलाई अपनाएर एडिट गरिएको खण्डमा एडिट गरेको भिडियोले के भन्न र देखाउन खोजेको हो त्यसलाई दर्शकले सजिलै बुझ्छन् । भिडियो एडिटिङको मुल मन्त्र हो निरन्तरता अर्थात Continutiy.

१. निरन्तरता (Continutiy)
भिडियो एडिटिङमा निरन्तरता (Continuty) भन्नाले एडिटिङको सिद्धान्तलाई पालना गर्दै दृश्य छाँटकाँट गर्नु हो अर्थात् कुनै पनि घटनाको अनुक्रम मिलाएर सट्स छनौट गर्दै एडिटिङ गर्नु नै निरन्तरता हो । भिडियो एडिटिङमा निरन्तरता सबैभन्दा महत्वपुर्ण छ । एडिटिङ गरिएको दृश्यमा यदि निरन्तरता (Continutiy) छैन भने एडिट गरिएको दृश्यले के भन्न र देखाउन खोजिएको हो त्यो स्पष्ट हुँदैन । निरन्तरता (Continutiy) का कैयौ प्रकार छन्, ती मध्ये प्रमुख यसप्रकार छन् ।

  1. Continuty of Information
  2. Continuty of Shots
  3. Continuty of Movement or Action
  4. Continuty of Color
  5. Continuty of Sound
  6. Continuty of Sequence

क्रमश……..
भिडियो एडिटिङ बारे थप जानकारी र निरन्तरता (Continuty) सम्बन्धी विस्तृतमा अर्को शनिबार बिहान ८ बजे शिखरन्यूज हेर्नु होला ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?