दैलेखमा जीप दुर्घटना, २ जनाको मृत्यु, ६ घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १२, २०७५
|
|
५० पटक हेरिएको
Shares
दैलेखमा जीप दुर्घटना, २ जनाको मृत्यु, ६ घाइते

सारांश

  • दैलेख ।
  • दैलेखको ठाँटीकाँधमा बुधबार बिहानै जीप दुर्घटा भएको छ ।
  • दुर्घटामा परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दैलेख । दैलेखको ठाँटीकाँधमा बुधबार बिहानै जीप दुर्घटा भएको छ । दुर्घटामा परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार सुर्खेतबाट ठाँटीकाँधका लागि गएको जीप दुर्घटनामा परेको हो । प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपीले जानकारी दिए ।
उनले घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि सुर्खेतर्फ लगिएकोसमेत बताए ।
मृतकको सनाखत हुन सकेको छैन भने दुर्घटनाको कारण पनि खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण प्रहरी घटनास्थलमा पुगेपछिमात्र आउने प्रहरीले जनाएको छ ।
दुर्घटनास्थल दैलेख सदरमुकाम दैलेख बजारदेखि करिब ४० किलोमिटर पश्चिममा पर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?