अफगानिस्तानको आक्रमणमा परी ९ नेपाली घाइते, ६ जनाको अवस्था गम्भीर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
३१ पटक हेरिएको
Shares
अफगानिस्तानको आक्रमणमा परी ९ नेपाली घाइते, ६ जनाको अवस्था गम्भीर

सारांश

  • काठमाडौं, मंसिर १४ – अफगानिस्तानको काबुलमा भएको विद्रोही समुहको आक्रमणमा परी ९ नेपाली घाइते भएका छन् ।
  • घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।
  • सुरक्षा गार्ड उपलब्ध गराउने बेलायती संस्था जिफोरएसको कार्यालयमा बुधबार भएको आत्मघाती हमलामा परी त्यहाँ कार्यरत ९ नेपाली घाइते भएको स्रोतले बताएको छ ।

काठमाडौं, मंसिर १४ – अफगानिस्तानको काबुलमा भएको विद्रोही समुहको आक्रमणमा परी ९ नेपाली घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

सुरक्षा गार्ड उपलब्ध गराउने बेलायती संस्था जिफोरएसको कार्यालयमा बुधबार भएको आत्मघाती हमलामा परी त्यहाँ कार्यरत ९ नेपाली घाइते भएको स्रोतले बताएको छ । घाइतेहरूमध्ये तीन जनालाई गोली लागेको छ। उनीहरूसहित ६ जनाको अवस्था गम्भीर छ भने ३ जना सामान्य घाइते भएका छन् ।

तीन जनामध्ये एकजनालाई पेटमा र अर्कालाई देब्रे तीघ्रामा गोली लागेको छ । उनको ओठ पनि काटिएको छ । अर्कालाई कम्मर र घुँडामा गोली लागेको छ । एकजनाको खुट्टाको तल्लो भाग जलेको छ । दुई जनाको टाउकोमा घाउ भएको छ तीमध्ये एउटा कानमा पनि चोट लागेको छ ।

एक जनालाई खुट्टामा छर्रा लागेको छ भने दुईजनाको छातीमा चोट लागेको छ । घाइतेमध्ये ६ जनाको बागराम अस्पताल र  ३ जनाको नर्थ केएआइए अस्पतालमा उपचार भइरहेको छ ।

नर्थ केएआइए अस्पतालमा उपचार हुनेहरू सामान्य घाइते रहेको र उनीहरूको आजै डिस्चार्ज हुने बताइएको छ । बुधबार भएको उक्त हमलामा परी एक बेलायती नागरिकसहित कम्तिमा ६ जनाको मृत्यु भएको थियो । यसअघि २०७३ असारमा क्यानडियन दूतावासको सुरक्षामा खटिएका १२ नेपालीको आत्मघाती हमला परी मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनिया राष्ट्रपतिले भेटे भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई, भेटमा यी विषयमा कुरा भयो
चिनिया राष्ट्रपतिले भेटे भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई, भेटमा यी विषयमा कुरा भयो
सुनसरी २ मा कांग्रेसका सिताराम मेहता विजयी
कस्तो रहला आइतबार देशभरको मौसम?
​​​​​​​रणवीर कपुरको सिंघम लुक्स, के रोहित शेट्टीसँग सहकार्यमा हाे ?
​​​​​​​रणवीर कपुरको सिंघम लुक्स, के रोहित शेट्टीसँग सहकार्यमा हाे ?
रामबहादुर थापा र विष्णु पौडेल ले पाए यस्ताे जिम्मेवारि
रामबहादुर थापा र विष्णु पौडेल ले पाए यस्ताे जिम्मेवारि
श्रीमानलाई जेल पठाएर ससुरासंग सल्केपछि
श्रीमानलाई जेल पठाएर ससुरासंग सल्केपछि
३९ हजार सवारी साधन कारवाहीमा
३९ हजार सवारी साधन कारवाहीमा
गृहमन्त्रीको एक वर्षे कार्यकाल : अपराध नियन्त्रण गर्न बाँकी
गृहमन्त्रीको एक वर्षे कार्यकाल : अपराध नियन्त्रण गर्न बाँकी
प्रम ओलीद्वारा कोरोनाविरुद्ध रणनीति अवलम्बन गर्ने भारतीय प्रस्तावको स्वागत
प्रम ओलीद्वारा कोरोनाविरुद्ध रणनीति अवलम्बन गर्ने भारतीय प्रस्तावको स्वागत
‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक, गीतको सम्पूर्ण आम्दानी केअर बालगृहलाई (भिडियोसहित)
‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक, गीतको सम्पूर्ण आम्दानी केअर बालगृहलाई (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?