१६ वर्षीय छोरीको हत्या किन गरिन् आमाले ?
सारांश
- १६ वर्षीय छोरीको हत्या गरेको आरोपमा जनकपुर उपमहानगरपालिका २४ सोनापाडा बस्ने राजकुमारी मण्डललाई हिरासतमा लिइएको छ ।
- जिल्ला प्रहरी कार्यालयले धनुषामा पत्रकार सम्मेलन गरी राजकुमारी मण्डललाई सार्वजनिक गरेको हो ।
- हत्याको कारण विवाहको विषय रहेको प्रहरीले जनाएको छ ।
१६ वर्षीय छोरीको हत्या गरेको आरोपमा जनकपुर उपमहानगरपालिका २४ सोनापाडा बस्ने राजकुमारी मण्डललाई हिरासतमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयले धनुषामा पत्रकार सम्मेलन गरी राजकुमारी मण्डललाई सार्वजनिक गरेको हो ।
हत्याको कारण विवाहको विषय रहेको प्रहरीले जनाएको छ । सोनीले आफूले मन पराएको केटासँग बिहे गर्न खोजेको कुरामा विवाद बढ्दै जाँदा उनकी आमा राजकुमारीले रिसमा आएर आफ्नै छोरीको घाटी थिची हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।
घटनामा परिवारका अन्य सदस्यको समेत संलग्नता हुनसक्ने भएकाले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया