रोकिएन बलत्कारका घटना: पाँच वर्षीया बालिका बलात्कृत

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
२७ पटक हेरिएको
Shares
रोकिएन बलत्कारका घटना: पाँच वर्षीया बालिका बलात्कृत

सारांश

  • बिष्णु कुमार आले , अर्घाखाँची २२, मंसिर ।
  • अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं–१३ मा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
  • शितगंगा नगरपालिका–१३, सिमलपानी हिटनटोलाकी पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय ४० वर्षीय देव वहादुर सुनाखरीलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

बिष्णु कुमार आले , अर्घाखाँची २२, मंसिर । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं–१३ मा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । शितगंगा नगरपालिका–१३, सिमलपानी हिटनटोलाकी पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय ४० वर्षीय देव वहादुर सुनाखरीलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

स्थानीय स्कुलमा शिशु कक्षामा अध्ययन गर्ने बालिका स्कुल सकिएपछि घर फर्किने क्रममा शीतगंगा नगरपालिका–१३, थाप्लेबारी, भेँडामारे भन्ने स्थानमा बलात्कृत भएकी हुन् । ‘सधैँ ३ , ४ बजे सम्म घर आउने छोरी बेलुकासम्म घरमा नआएपछि खोज्नेक्रममा बाटोमा नानी रुँदै रुँदै घरतिर आउँदै गरेको भेट्यौँ । हामीले छोरीसँग सोधपुछ गरी शरीरमा हेर्दा छोरीको यौनीबाट रगत बगिरहेको थियो । त्यसपछि छोरीको बलात्कार भएको बुझी तत्काल प्रहरीलाई खबर गर्यौँ’ बालिकाको बुवाले बताउनु भयो । प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको आशंकित व्यक्तिलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय ठाडामा ल्याई थप अनुसन्धान गर्दा देवबहादुरले नै उक्त घटना घटाएको स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख नवराज मल्लले बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालयमा उपचारपछि पीडित बालिकाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । घटनाका अभियुक्तलाई जिल्ला अदालत अर्घाखाँचीबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?