उपप्रधानमन्त्री पोखरेलको आशंका : ‘दलको आवरणमा निर्मलाका हत्यारा जोगाउन आउने हुन् कि !’

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २३, २०७५
|
|
४५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको बताएका छन् ।
  • उपप्रधानमन्त्री पोखरेलले कुनै राजनीतिक दलको आवरणमा हत्यारा जोगाउन आउने पो हो कि भन्ने आशंका व्यक्त गरे ।

काठमाडौं । उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको बताएका छन् । उपप्रधानमन्त्री पोखरेलले कुनै राजनीतिक दलको आवरणमा हत्यारा जोगाउन आउने पो हो कि भन्ने आशंका व्यक्त गरे ।

दशौँ राष्ट्रिय मानव अधिकार महाभेला’को उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्मलाका हत्यारा पत्ता लागिसकेको छ, नियन्त्रण गरिसकेको बताए । ‘हत्यारा हामी चाँडै सार्वजनिक गछौं । तर, राजनीतिक दलको आवरणमा हत्यारा जोगाउन आउने हो कि भन्ने डर छ ।’

निर्मलाको बलात्कार र हत्यारालाई एउटा झण्डा बनाएर सडकमा आउने काम गरिएको भन्दै हत्यारा सार्वजनिक गर्दैगर्दा राजनीतिक रुपमा कसैले पनि छाता ओढाउन नआउन व्यंग्य गरे ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोग सरकारले दया गरेर दिएको होइन, त्यसैले आयोगले सधैँभरि मावन अधिकारको सङ्घर्षका पक्षमा साथ दिने बताए ।

नेपाली कांग्रेसकी नेत्री पुष्पा भुषालले जतिसक्दो चाँडो निर्मलाका हत्यारा पत्ता लगाएर सार्वजनिक गर्नुपर्ने माग गरिन् । यही मंसिर २८ सम्म चल्ने महाभेला अवधिभरि शान्ति, लोकतन्त्र र मानव अधिकारका विषयमा सघन संवाद हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाेरखाका कृष्णप्रसाद अधिकारी हत्याका आरोपित रिहा !
गाेरखाका कृष्णप्रसाद अधिकारी हत्याका आरोपित रिहा !
प्रजातान्त्रिक योद्धा मिश्रको सम्झना, यसो भने निधिले
प्रजातान्त्रिक योद्धा मिश्रको सम्झना, यसो भने निधिले
आइजिपी खनालले गरे बाल विवाह विरुद्ध संकल्प
आइजिपी खनालले गरे बाल विवाह विरुद्ध संकल्प
‘वि एफ ७’ अरु भेरियन्टभन्दा तीन-चारगुणा बढी सङ्क्रामक
‘वि एफ ७’ अरु भेरियन्टभन्दा तीन-चारगुणा बढी सङ्क्रामक
एकीकृत समाजवादीको अध्यक्ष र महासचिवमा को ? यस्ता छन्, दाबेदार
एकीकृत समाजवादीको अध्यक्ष र महासचिवमा को ? यस्ता छन्, दाबेदार
शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
सौर्य ऊर्जा प्रणाली जडानमा बढ्दो आर्कषण
सौर्य ऊर्जा प्रणाली जडानमा बढ्दो आर्कषण
राजनीति नेतृत्वविरुद्ध भइरहेका आक्रोशप्रति देउवाकाे हल्का टिप्पणी
राजनीति नेतृत्वविरुद्ध भइरहेका आक्रोशप्रति देउवाकाे हल्का टिप्पणी
गोरखा १ मा प्रचण्ड, २ मा नारायणकाजी उम्मेदवार सिफारिस
गोरखा १ मा प्रचण्ड, २ मा नारायणकाजी उम्मेदवार सिफारिस
मानसिक अवस्था ठीक नभएका युवाले केएमसी अस्पतालको तेस्रो तलाबाट हामफाले
मानसिक अवस्था ठीक नभएका युवाले केएमसी अस्पतालको तेस्रो तलाबाट हामफाले