अझै केही दिन वर्षाको सम्भावना, आज पनि पानी पर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १८, २०७७
|
|
४३ पटक हेरिएको
Shares
अझै केही दिन वर्षाको सम्भावना, आज पनि पानी पर्ने

सारांश

  • काठमाडौँ ।
  • पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ।
  • विगत केही दिनयता देशमा पश्चिमी वायु स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुको साथै बङ्गालको खाडी अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गर्ने क्रम जारी रहेकाले अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए ।

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ।

विगत केही दिनयता देशमा पश्चिमी वायु स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुको साथै बङ्गालको खाडी अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गर्ने क्रम जारी रहेकाले अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए ।

नेपालमा स्थिर रहेको पश्चिमी वायु र प्रिमनसुन गतिविधि सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको हो।

अङ्ग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातर प्रभावित भइरहने हुन्छ।

विगत केही दिनदेखि देशमा पश्चिमी वायु स्थानीय वायु सक्रिय रहेको बङ्गालको खाडी अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गर्ने क्रम जारी रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद्को भनाइ छ।

हाल पुर्वी भूभागमा सामान्य बदली र मध्य पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

राति देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।

भोलि देशको पहाडी भूभागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रही अपराह्नपछि पश्चिम र पूर्वी पहाडी भूभागका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव २ र अधिकतम तापक्रम २५ दशमलव पाँच डिग्री सेल्सियस छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता
डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता
सांसदको हस्ताक्षर बोकेर दाहाल–नेपाल समूह निर्वाचन आयोग जाँदै, आउला त निर्णय ?
सांसदको हस्ताक्षर बोकेर दाहाल–नेपाल समूह निर्वाचन आयोग जाँदै, आउला त निर्णय ?
‘मेरो नेतृत्वमा कम्युनिस्टहरूको स्थायी सरकार बनेको छ’ डराउनु पर्दैनः प्रधानमन्त्री ओली
उत्तर कोरियाद्वारा पूर्वी सैन्य बन्दरगाहबाट क्रुज मिसाइल प्रहार
उत्तर कोरियाद्वारा पूर्वी सैन्य बन्दरगाहबाट क्रुज मिसाइल प्रहार
अपडेटः आयो २२८ स्थानको नतिजा, एमालेले पार गर्‍यो शतक
अपडेटः आयो २२८ स्थानको नतिजा, एमालेले पार गर्‍यो शतक
Filipina Courting
काठमाडौँमा हुनान सांस्कृतिक पोष्टर प्रदर्शनी सुरु
काठमाडौँमा हुनान सांस्कृतिक पोष्टर प्रदर्शनी सुरु
एनसेलबाट कर असुल गराउन सर्वोच्च अदालतको आदेश
एनसेलबाट कर असुल गराउन सर्वोच्च अदालतको आदेश
पुनः हिन्दू राष्ट्र घोषणाका लागि राप्रपाले आगामी फागुन ७ गतेदेखि अभियान सुरू गर्ने
पुनः हिन्दू राष्ट्र घोषणाका लागि राप्रपाले आगामी फागुन ७ गतेदेखि अभियान सुरू गर्ने
जन्मने बित्तिकै यो बच्चा उठेर बसे
जन्मने बित्तिकै यो बच्चा उठेर बसे