उल्टोगरी मोटरसाईकल यात्रा गर्ने कार्की : २०७३ गोल्डमेडलिष्ट

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ८, २०७३
|
|
३२५ पटक हेरिएको
Shares
उल्टोगरी मोटरसाईकल यात्रा गर्ने कार्की : २०७३ गोल्डमेडलिष्ट

सारांश

  • इच्छाशक्ति र परिश्रम हुने हो भने असम्भव केही छैन ।
  • विश्व कीर्तिमान राख्न सामान्य कुराले पुग्दैन,यसका लागि असाधारण क्षमता हुनु जरुरी छ ।
  • थोरै संघर्ष र सानोतिनो परिश्रमबाट कुनै पनि व्यक्तिको इच्छा र चाहना सफल हुन सक्दैन ।

इच्छाशक्ति र परिश्रम हुने हो भने असम्भव केही छैन । विश्व कीर्तिमान राख्न सामान्य कुराले पुग्दैन,यसका लागि असाधारण क्षमता हुनु जरुरी छ । थोरै संघर्ष र सानोतिनो परिश्रमबाट कुनै पनि व्यक्तिको इच्छा र चाहना सफल हुन सक्दैन । त्यसका लागि कठोर मेहनत,परिश्रम र लगनशीलताको आवश्यक पर्दछ । अहिले थुप्रै व्यक्तिहरुले संसारमा आफ्नो साहसिक र आश्चर्यलाग्दा प्रतिभाहरु प्रस्तुत गरि विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । तिनीहरुमध्येका एक प्रतिभा हुन्, चित्रकुमार कार्की, जसले आफ्नो उल्टो फर्केर मोटरसाइकल गुडाउने जस्तो कठिन र अनौठो प्रतिभा प्रस्तुत गरि विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । खोटाङ जिल्लामा जन्मिएर हाल उदयपुरको त्रियुगा नगरपालिकामा बसोबास गर्दै आएका उल्टो मोटरसाइकल यात्री चित्र कुमार कार्की एक कार्यक्रममा सम्मानित भएका छन् । उनी स्वर्ण पदक प्रशंसापत्र सहित नगद पुरस्कारबाट सम्मानित भएका हुन् ।

नेपाल जेसिजको काठमाडौंको टोखामा भएको ४३ औ महाधिवेशनको उद्घाटन समारोहमा उनी साहसी युवा प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका हुन् । नेपाली कांग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको हातबाट पुरस्कार लिएका कार्कीले भने, ”पुरस्कार नै सबै चिज त हैन तैपनि यस्ता कुराले आगामी दिनमा आफूमा थप अगाडी बढ्ने प्रेरणा मिल्दछ ।” आफूले मेची महाकाली भारत उल्टो मोटरसाईकल यात्रा पार गरेको बताउदै कार्कीले भने, ”भविश्यमा पनि आफूमा रहेको कला देश विदेशमा देखाएर नेपालको नाम विश्वमा राख्ने धोको छ ।”

किर्तीमानी यूवाहरुको संगठनका केन्द्रिय अध्यक्ष समेत रहेका कार्कीले १८ बर्षको उमेरमै उल्टो मोटरसाईकल यात्रा पार गरेर सबैलाई चकित तुल्याएका थिए । हाल कार्की विश्व यात्रामा जुटिरहेका छन यस क्रममा यात्री कार्कीले सबै क्षेत्र सग सहयोगको अपेक्षा लिएको बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?