कमजोर देखिन थालेपछि देउवाले मनोनित गर्दै, नेताहरूको दौडधुप

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ६, २०७५
|
|
३४ पटक हेरिएको
Shares
कमजोर देखिन थालेपछि देउवाले मनोनित गर्दै, नेताहरूको दौडधुप

सारांश

  • काठमाडौं – पार्टीभित्र कमजोर देखिन थालेपछि शेरबहादुर देउवा पार्टीका प्रमुख तीन पदाधिकारी मनोनयन गर्नतर्फ लागेका छन् ।
  • कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित भएको दुई महिनाभित्र सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनीत गर्नुपर्ने व्यवस्था छ तर १३ औं महाधिवेशनबाट बलियो मतका आधारमा सभापति चुनिएका देउवाले दुई वर्ष बित्दासमेत मनोनयन गरेका छैनन् ।
  • मनोनयनलाई लिएर महाधिवेशनताका उनकै गुटमा रहेका नेतासमेत उनीविरुद्ध लागेपछि देउवाले पदाधिकारी मनोनयन गरी पार्टीभित्र आफ्नो पक्कड कायम राख्न खोजेको देखिएको छ ।

काठमाडौं – पार्टीभित्र कमजोर देखिन थालेपछि शेरबहादुर देउवा पार्टीका प्रमुख तीन पदाधिकारी मनोनयन गर्नतर्फ लागेका छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित भएको दुई महिनाभित्र सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनीत गर्नुपर्ने व्यवस्था छ तर १३ औं महाधिवेशनबाट बलियो मतका आधारमा सभापति चुनिएका देउवाले दुई वर्ष बित्दासमेत मनोनयन गरेका छैनन् ।

मनोनयनलाई लिएर महाधिवेशनताका उनकै गुटमा रहेका नेतासमेत उनीविरुद्ध लागेपछि देउवाले पदाधिकारी मनोनयन गरी पार्टीभित्र आफ्नो पक्कड कायम राख्न खोजेको देखिएको छ । मनोनीतमा पर्न देउवा खेमा बाहिरका नेताहरूको समेत दौडधुप बाक्लिएको छ । यद्यपि, देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशशरण महत वा मानबहादुर विश्वकर्मालाई मनोनीत गर्ने सम्भावना रहेको निकटस्त स्रोत बताउँछ ।

निर्वाचनपश्चात् सभापति देउवाविरुद्ध कांग्रेसका अन्य सबै गुट उत्रिएपछि उनी कमजोर देखिन थालेका हुन् । केही महिनायता भइरहेका भ्रातृ संगठनका प्रतिस्पर्धामा देउवा खेमाका उम्मेदवार पराजित गर्दै पौडेल र सिटौला समूहका नेताले बाजी मार्नुले त्यही संकेत गर्छ । १३औँ महाधिवेशनमा पार्टीभित्र प्रस्ट बहुमत ल्याएका देउवाले केही प्रमुख भ्रातृसंगठनमा आफ्नो पक्षकालाई नियुक्त गरेका थिए ।

नेविसंघ र तरुण दलको पदाधिकारीमा देउवाले सिटौलाकै सिफारिसमा संगठनका केही प्रभावशाली पदसमेत दिएका थिए । संघ, प्रदेश र स्थानीय चुनावमा हार व्यहोरेपछि देउवाविरुद्ध सिटौला, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत सबै एक भएका हुन् । पार्टी बैठकमा सबैले एक स्वरमा देउवाको तीव्र आलोचना गर्ने गरेका छन् ।

नयाँ गठजोडकै कारण गत महिना निर्माण मजदुर संघ, नेपाल शिक्षक संघ, निजामती कर्मचारी संघ र यातायात मजदुर संघको नेतृत्वमा देउवा खेमा पराजित भएका छन् भने पौडेल र सिटौलाको तर्फबाट संयुक्त बनेका उम्मेदवारहरू नेतृत्वमा पुग्न सफल भएका छन् । २० र २१ फागुनमा भएको निर्माण मजदुर संघको अधिवेशनले जेबी गुरुङको नेतृत्वमा ४३ सदस्यीय समिति निर्वाचित गरेको थियो । गुरुङको नेतृत्वमा पौडेल र सिटौला खेमाको सेट नै विजयी भएको थियो । त्यसैगरी, २ र ३ चैतमा भएको शिक्षक संघको अधिवेशनमा पनि देउवा पक्ष बढारिएको थियो । पौडेल समूहका राजेन्द्रराज पौडेलको प्यानलले देउवा खेमाको प्यानललाई नै हराएको हो ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टेलिकमको सूचना प्रविधि दिवस अफर
टेलिकमको सूचना प्रविधि दिवस अफर
सोलुखुम्बुको थामेमा भीषण बाढी, १ जना बेपत्ता,१२ वटा घरमा क्षति
सोलुखुम्बुको थामेमा भीषण बाढी, १ जना बेपत्ता,१२ वटा घरमा क्षति
संचार क्षेत्रलाई मर्यादित बनाउन पत्रकारलाई न्यूनतम पारिश्रमिकको व्यवस्था:  सुरेन्द्र पाण्डे
संचार क्षेत्रलाई मर्यादित बनाउन पत्रकारलाई न्यूनतम पारिश्रमिकको व्यवस्था: सुरेन्द्र पाण्डे
व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिनुपर्छः काङ्ग्रेस नेता पौडेल !
व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिनुपर्छः काङ्ग्रेस नेता पौडेल !
काठमाडौँ उपत्यकामा आइतवार ५९७ जना कोरोना संक्रमित थपिए
रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो मेगाबैंक संग बैंकास्योरेन्स सम्झौता
रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो मेगाबैंक संग बैंकास्योरेन्स सम्झौता
मिनिट्रकको ठक्करबाट बालकको मृत्यु…
मिनिट्रकको ठक्करबाट बालकको मृत्यु…
ओमानमा २१ हजार नेपाली श्रमिक
ओमानमा २१ हजार नेपाली श्रमिक
गृहराज्यमन्त्री श्रेष्ठले प्रहरीलाई समेत हैरान गरेपछि हंगामा
गृहराज्यमन्त्री श्रेष्ठले प्रहरीलाई समेत हैरान गरेपछि हंगामा
प्रेस स्वतन्त्रता मौलिक हकका रूपमा स्थापित भइसकेको छ : मन्त्री शर्मा
प्रेस स्वतन्त्रता मौलिक हकका रूपमा स्थापित भइसकेको छ : मन्त्री शर्मा

तपाईंले छुटाउनुभयो कि?