किन छोड्न चाहन्छ्न बाबुरामले नयाँ शक्तिको नेतृत्व, यस्तो छ कारण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २०, २०७४
|
|
४२ पटक हेरिएको
Shares
किन छोड्न चाहन्छ्न बाबुरामले नयाँ शक्तिको नेतृत्व, यस्तो छ कारण

सारांश

  • २० असार, काठमाडौं ।
  • नयाँशक्ति पार्टीका संयोजक डा.
  • बाबुराम भट्टराईले ५ वर्षपछि नयाँ शक्ति पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका छन् ।

२० असार, काठमाडौं । नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ५ वर्षपछि नयाँ शक्ति पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका छन् । नेपाललाई तेस्रो विश्वको स्तरबाट पहिलो स्तरमा पुर्‍याउने लक्ष्यमा आफूले विश्राम नलिने उनले बताएका छन् ।

डा. भट्टराईले पार्टीको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने ईच्छा व्यक्त गरिरहेको सो पार्टीका नेता देवेन्द्र पौडेलले  बताएका थिए ।

तर, पार्टीका संयोजक डा. भट्टराईले भने ५ वर्षसम्म आकाश खसे पनि, पाताल भासिए पनि आफूले विश्राम नलिने बताएका छन् ।

डा. भट्टराईले भनेका छन्– ‘लोकोक्ति भन्छ– झिंगाको श्रापले डिंगा मर्दैन ! झुटको खेती गरेर जनतालाई ठग्दै आएका पत्रु शक्तिहरूले भर्खरै हुर्कंदै गरेको नयाँ शक्तिका विरूद्ध निरन्तर ग्वेबल्सको दुष्प्रचारको हतियार प्रयोग गर्दै आएका छन् ! हिजोआज अर्को झटारो हानेकाछन्– बाबुरामले नयाँशक्ति र नेतृत्व छोड्ने रे ! बाराभको ६३ बर्षे उथलपुथलपूर्ण जीवनको इतिहासले भन्छ, उसले एक पटक अठोट गरेको कुरा पूरा नगरी बीचमा छोडेर कहिल्यै भाग्दैन !’

बाबुरामले अगाडि भनेका छन्– ‘जीवनको दोस्रो र अन्तिम चरणमा उसको अठोट छ– वागमती (वा दरौंदी ?) को किनारमा विसर्जित हुनुभन्दा पहिले उसले नेपाललाई तेस्रो विश्वको स्तरबाट पहिलो विश्वको स्तरमा पुर्‍याउन योगदान गर्नेछ । त्यसैको निम्ति यो नयाँ शक्तिको स्थापना हो ! यसलाई कमसेकम ५ बर्षसम्म हुर्काएर सक्षम नयाँ पुस्तालाई हस्तान्तरण नगरी उसले विश्राम लिँदै लिँदैन ! चाहे आकाश खसोस्, पाताल भासियोस् !’

डा. भट्टराईले आफ्ना सबै सदस्य र शुभचिन्तकलाई भ्रममा नपर्न आग्रह गर्दै भनेका छन्– ‘सबै शुभचिन्तक साथीहरू, ढुक्क हुनुहोस्, कुनै कसैको दुष्प्रचारबाट तरंगित नहुनुहोस् ! सम्झनोस्– कुकुर भुक्दै गर्छ, हात्ती लस्कँदै गर्छ !!’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Human Resources – Best Practices for people who do buiness Management
आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
प्रदेश १ का प्रदेशसभा सदस्यले लिए पद तथा गोपनियताको शपथ
प्रदेश १ का प्रदेशसभा सदस्यले लिए पद तथा गोपनियताको शपथ
फरार अभियुक्त लुरुलुरु प्रहरीसामू आए, पक्राउपछि हत्कडीसहित भागे
सैन्य भर्नामा अनियमितता गर्ने ४ सैनिकसहित २७ जनालाई सेनाले गर्यो कारवाही
सैन्य भर्नामा अनियमितता गर्ने ४ सैनिकसहित २७ जनालाई सेनाले गर्यो कारवाही
काठमाडौँ उपत्यकामा ६ नयाँ कोरोना संक्रमित थपिए
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ
पाँचखाल महोत्सवको छैटौ दिन पनि उत्तिकै भीड
पाँचखाल महोत्सवको छैटौ दिन पनि उत्तिकै भीड
विमान दुर्घटनामा पर्नेमा पत्रकार त्रिभुवन पौडेल पनि
विमान दुर्घटनामा पर्नेमा पत्रकार त्रिभुवन पौडेल पनि
नेपालले तेस्रो विकेट गुमायो, ज्ञानेन्द्र ७० रनमा आउट