टोखामा काँग्रेस अगाडि

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १, २०७४
|
|
३९५ पटक हेरिएको
Shares
टोखामा काँग्रेस अगाडि

सारांश

  • काठमाडौँ, १ जेठ ।
  • स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार हरिहर अधिकारी अग्रस्थानमा रहनुभएको छ ।
  • आइतबार साँझदेखि जारी मतगणनामा अधिकारीले चार सय ३९ तथा नेकपा (एमाले)का प्रकाश अधिकारीले चार सय २८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दीनबन्धु बरालले जानकारी गराउनुभयो ।

काठमाडौँ, १ जेठ । स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार हरिहर अधिकारी अग्रस्थानमा रहनुभएको छ ।

आइतबार साँझदेखि जारी मतगणनामा अधिकारीले चार सय ३९ तथा नेकपा (एमाले)का प्रकाश अधिकारीले चार सय २८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दीनबन्धु बरालले जानकारी गराउनुभयो ।

यसैगरी नेकपा (माओवादी केन्द्र) की कल्पना शर्माले एक सय १३ मत प्राप्त गर्नुभएको छ । उहाँका अनुसार अहिलेसम्म एक हजार दुई सय २३ मत गणना भइसकेकामा ३९ मत बदर भएको छ । अहिले वडा नं १ र २ को मतगणना भइरहेको छ ।

उप्रमुखमा काँग्रेसकी रजनी थापाले तीन सय ६०, एमालेका ज्ञानमाया डङ्गोलले चार सय ४० मत र माओवादी केन्द्रका दीपक बानियाँले एक सय २० मत प्राप्त गर्नुभएको छ । कुल २८ हजार एक सय ७४ मतदाता रहेको सो नगरपालिकामा करिब २२ हजार मत खसेको बताइएको छ ।

उहाँका अनुसार अब छिट्टै वडा नं ३ को मतगणना गरिने छ । एघार वडा रहेको सो नगरपालिकामा प्रमुख र उपप्रमुखसहित ५७ जना निर्वाचित हुनेछन् । प्रमुखमा १४ र उपप्रमुखमा नौ जनासहित दुई ६१ जनाले उम्मेदवारी दिनुभएको छ । यसअघि वडा नं २ र ६ मा दलित महिला सदस्यमा काँग्रेसका प्रतिमा हिडमाङ र दिलमाया विक निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किरातीलाई मुख्यमन्त्री बनाउन पहल गरिने
किरातीलाई मुख्यमन्त्री बनाउन पहल गरिने
बागमती प्रदेशका यी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक विदा
बागमती प्रदेशका यी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक विदा
नेताहरु नारिएर सबै बाझो बारी जोत्न तयार हुनुपर्छ : जनार्दन शर्मा
नेताहरु नारिएर सबै बाझो बारी जोत्न तयार हुनुपर्छ : जनार्दन शर्मा
दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !
दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !
दुई बच्चाकी आमासँग विवाह गर्न चाहन्छन ऋतिक रोशन
दुई बच्चाकी आमासँग विवाह गर्न चाहन्छन ऋतिक रोशन
आकास एयरद्वारा बोइङका १५० विमान माग
आकास एयरद्वारा बोइङका १५० विमान माग
महानगरका ६८ परिवार नदीबाटै जीवीकोपार्जन गर्दै
बंगलादेशी क्लवसँग पराजित भएपछि एएफसी कपबाट बाहिरियो मनाङ मर्स्याङ्दी
बंगलादेशी क्लवसँग पराजित भएपछि एएफसी कपबाट बाहिरियो मनाङ मर्स्याङ्दी
लिम्बूवानको प्रदर्शन,प्रदेश १ को प्रदेशसभा बाहिर धर्ना दिने कार्यक्रम सुरक्षाकर्मी ले हुन् दिएनन
लिम्बूवानको प्रदर्शन,प्रदेश १ को प्रदेशसभा बाहिर धर्ना दिने कार्यक्रम सुरक्षाकर्मी ले हुन् दिएनन
मत्स्यनारायणमा ८० हजारले गरे दर्शन
मत्स्यनारायणमा ८० हजारले गरे दर्शन

तपाईंले छुटाउनुभयो कि?