भैरहवा–बुटवल सिन्डिकेट पक्षधर : पुराना गाडी विस्थापित गर्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ३, २०७३
|
|
१४५ पटक हेरिएको
Shares
भैरहवा–बुटवल सिन्डिकेट पक्षधर : पुराना गाडी विस्थापित गर्दै

सारांश

  • सिन्डिकेट चलाउँदै आएको पश्चिम नेपाल बस व्यवसायी संघले पुराना गाडी विस्थापित गर्न थालेको छ ।
  • सिन्डिकेट जालो ठूलो भएको संघले असोज दोस्रो साता एकैदिन ७३ वटा पुराना बस विस्थापित गरेको जनाएको छ ।
  • संघले पश्चिम क्षेत्रका पहाडी र तराईका जिल्लामा पुराना बसबाट सेवा दिँदै आएको थियो ।

सिन्डिकेट चलाउँदै आएको पश्चिम नेपाल बस व्यवसायी संघले पुराना गाडी विस्थापित गर्न थालेको छ । सिन्डिकेट जालो ठूलो भएको संघले असोज दोस्रो साता एकैदिन ७३ वटा पुराना बस विस्थापित गरेको जनाएको छ ।

संघले पश्चिम क्षेत्रका पहाडी र तराईका जिल्लामा पुराना बसबाट सेवा दिँदै आएको थियो । विस्थापित मिनी बस बेलहिया हुँदै भैरहवा–बुटवल खण्डमा सञ्चालित थिए । रुपन्देहीका ग्रामीण क्षेत्रमा गुडथे । समितिले एक वर्षभित्र ३ सय बस फेरिएको जनाएको छ । सरकारी नीतिमा २० वर्ष पुराना सवारी परिवर्तन गर्ने भए पनि संघले १६ वर्षमै विस्थापित गर्न थालेको हो । संघका अध्यक्ष दधिराम खरेलले पुराना र थोत्रा बसका कारण दुर्घटना र सञ्चालन लागत बढेकाले विस्थापित गरेको बताए ।

संघले हालसम्म १ हजार ८ सय बस विस्थापित गरेको जनाएको छ । सट्टामा सुविधाजनक डिलक्स, नन डिलक्स, एसी बस भित्र्याएको छ । पर्यटक र यात्रुलाई लक्षित गरेर सुविधायुक्त साना बससमेत थपिएका छन् । ‘पहाडी र कच्ची बाटोमा गुडाउनुपर्ने भएकाले बस छिट्टै पुराना हुन्छन्,’ अध्यक्ष खरेलले भने, ‘यसैले १६ वर्ष पुराना सबै बस विस्थापित गरेर नयाँ ल्याएका हौं ।’ पुराना बस विस्थापित गर्दा संघले व्यवसायीलाई ६ लाख रुपैयाँ राहत दिने गरेको छ । पुराना सवारीमा सञ्चालन लागत बढी, यात्रा असुरक्षित भएकाले व्यवसायीलाई राहतसहित विस्थापित अभियान थालेको अध्यक्ष खरेलले बताए । यसले पहाडी क्षेत्रमा हुने दुर्घटना ८० प्रतिशतले घटेको उनले दाबी गरे ।

०५७ सालदेखि पुराना बसलाई विस्थापित गर्ने अभियान थालेको संघले यस वर्ष विस्थापित नीतिलाई कडाइ गरेको छ । यसको कार्यान्वयनका लागि पटकपटक गाडीधनीसँग छलफल, सुझाव र प्रतिबद्धता संकलन गरेको छ । अटेरी गर्नेे कतिपयको नवीकरण र सञ्चालन अनुमति रोकेको छ । महासचिव जीवनकुमार बञ्जाडेले बसलाई यात्रुमैत्री बनाउन, दुर्घटना रोक्न र प्रतिस्पर्धामा उत्रन पुरानालाई कडाइ गरेको बताए । बस विस्थापित गर्न गाडी मालिकलाई तयार गर्न राहत कोषको अवधारणा ल्याएको हो । यसअन्तर्गत संघले एकैपटक ६ लाख रुपैयाँ दिने गरेको छ । गाडी विस्थापितमा राहत कोषमार्फत संघको अहिलेसम्म करिब ९७ करोड रुपैयाँ खर्च भएको महासचिव बञ्जाडेले बताए ।

संघमा आवद्ध सानाठूला गरी २ हजार २ सय ४४ बस छन् । संघका सदस्यमध्ये ६० प्रतिशत व्यवसायी आफंै सहयोगी या चालक बन्दाबन्दै बस किन्ने व्यक्ति छन् । कतिपय हाल पनि आफैंले बस चलाउने वा सहयोगीको भूमिका निभाउने गर्छन् । बसको अवस्था जान्ने र आफू पनि स्वरोजगार हुने भएकाले उनीहरूलाई बस परिवर्तन गराउन सजिलो छ । उनीहरू पुराना बस विस्थापित गरे पनि नयाँ बस लिएर पुन: स्थापित हुने गरेका छन् । बाँकी ४० प्रतिशत सहायक व्यवसायका रूपमा बस किन्नेलाई पुराना बस विस्थापित गरेपछि नयाँ किनेर स्थापित गर्न समस्या रहेको अध्यक्ष खरेलले बताए । नेपाली बजारमा नयाँ बस किन्दा झन्डै ४० लाख रुपैयाँ पर्छ ।

पुरानो बस बेच्दा जम्मा साढे ३ लाखदेखि ४ लाख रुपैयाँ पाइन्छ । बस व्यवसायी सागर पाण्डेले यो सार्वजनिक हितको व्यवसाय भएकाले पुराना बस विस्थापित गर्दा राज्यले पनि राहत दिनुपर्ने बताए ।

प्रकाशित: कार्तिक ३, २०७३

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ, नेपाल पत्रकार महासंघले तयार पारेको आमसञ्चारमाध्यमसम्बन्धी नमूना ऐनको मस्यौदा
यस्तो छ, नेपाल पत्रकार महासंघले तयार पारेको आमसञ्चारमाध्यमसम्बन्धी नमूना ऐनको मस्यौदा
खारेज हुने कार्यालयका भवन धमाधम निर्माण हुँदै
खारेज हुने कार्यालयका भवन धमाधम निर्माण हुँदै
टि.भि.ए. स्ट्राइकरको र्यालीमा सुपरस्टार निखिल उप्रेती
टि.भि.ए. स्ट्राइकरको र्यालीमा सुपरस्टार निखिल उप्रेती
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माओवादी मन्त्री हटाउन दबाब
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माओवादी मन्त्री हटाउन दबाब
धुर्मुस–सुन्तली फाउन्डेसनमाथी सरकारको रोक !
धुर्मुस–सुन्तली फाउन्डेसनमाथी सरकारको रोक !
गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउनुस्ः राष्ट्रपति पौडेल
गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउनुस्ः राष्ट्रपति पौडेल
चिकित्सा शिक्षा विधेयक परिमार्जनसम्बन्धी सहमति केलाउँदै सांसदहरु
चिकित्सा शिक्षा विधेयक परिमार्जनसम्बन्धी सहमति केलाउँदै सांसदहरु
रसुवामा सुरूङमा थुनिएका १७ जनाको यसरी भयो उद्दार
रसुवामा सुरूङमा थुनिएका १७ जनाको यसरी भयो उद्दार
निर्धारित अवधिभन्दा १६ महिना अघि नै बन्यो पुल
निर्धारित अवधिभन्दा १६ महिना अघि नै बन्यो पुल
मन्त्री क्वार्टरको टहरामा आगलागी
मन्त्री क्वार्टरको टहरामा आगलागी